१४ आश्विन २०८१, सोमबार | September 30, 2024

अनेरास्ववियु क्रान्तिकारीमा उमेर हदको विवाद, कुर्सी हानाहान



काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको महाधिवेशनमा लफडा भएको छ । उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा विवाद हुँदा विद्यार्थी नेताहरु कुर्सी हानाहानमा उत्रिएका छन् ।

अहिले अध्यक्षका दावेदार रहेका नेताहरु उमेर हद लगाउन नहुने पक्षमा रहेका छन् भने केही युवा नेताहरु ३२ वर्षे उमेरहद लगाउने पर्ने पक्षमा रहेका छन् । उमेर हद लागेका यस महाधिवेशनमा अध्यक्षका आकांक्षी रहेका अधिकांशको विद्यार्थी राजनीति सकिने भएकाले यो विषय विवादमा आएको बताइएको छ ।

आइतबार मूलपार्टी माओवादी केन्द्रले उमेर हद बारेको निर्णय महाधिवेशनको हलले नै गर्ने निर्णय गरेपछि आज यो विषयमा निर्णय लिने तयारी गरिएको छ ।

१० असोजदेखि जारी २३औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने तालिका रहेपनि आजको तोकिएको निर्वाचनको प्रक्रिया अहिलेसम्म शुरु नै हुन सकेको छैन । आज उमेर हदको विवाद मतदानबाट टुंगो लगाएर निर्वाचनमा जाने बताइएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ३ : ४३ बजे

दुर्गा प्रसाईविरुद्ध दुई वटा साइबर अपराधको मुद्दा दर्ता

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा

दाउन्नेमा सडक भासियो, पूर्व-पश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध

नवलपरासी । पूर्व-पश्चिम राजमार्गअर्न्तगत पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएको छ

घट्यो इन्धनको मूल्य, खाना पकाउने ग्यासको मूल्य यथावत

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

एसिया प्यासिफिक आइसीटी अलायन्स अवार्डको तयारीमा टुना टेक्नोलोजी

बुटवल । मोफसलमा सबैभन्दा ठूलो आईटी कम्पनीको रुपमा स्थापित बुटवलको