१४ आश्विन २०८१, सोमबार | September 30, 2024

यस्तो छ आजको मौसम पूर्वानुमान



काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ ।

हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ ।देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राती कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी  प्रदेशका थोरै स्थानहरू र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ९ : ४५ बजे

नेप्सेले २५०० अंक नाघ्यो, ३ अर्ब ७१ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज ४४ अङ्कको वृद्धि भएको छ ।

सर्वोच्चको न्यायाधीशमा सिफारिस निरौला र पाण्डेविरुद्ध उजुरी आह्वान

काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस

लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित घोषणा

दाङ । लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा

वायुसेवा निगम केन्द्रीय कार्यालयमा एयरहोस्टेसको धर्ना

काठमाडौँ । आफूहरुमाथि अन्याय र विभेद् भएको दाबी गर्दै नेपाल

छहरे-टोखा सडक खण्डमा पोखरा जान लागेको माइक्रोबस दुर्घटना

नुवाकोट । छहरे-टोखा सडक खण्डको अदुवाबारी मोडमा माइक्रोबस दुर्घटनामा परेको