१३ आश्विन २०८१, आइतबार | September 29, 2024

बाढीपहिरो र डुबानमा परी देशभर एक सय ४८ जनाको मृत्यु, ५५ बेपत्ता



काठमाडौँ । बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर एक सय ४८ को मृत्यु भएको छ । ५५ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एकजना घाइते भएका छन् ।

बाढी, पहिरोमा परी धादिङमा ३८, ललितपुरमा २२, काठमाडौँमा १६, काभ्रे २९, मकवानपुर सात, सिन्धुपाल्चोक छ, सोलुखुम्बु पाँचथर र भक्तपुरमा पाँच÷पाँच जनाले ज्यान गुमाएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए। उनकानुसार दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा दुर्ई, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एकजनाको मृत्यु भएको छ ।

बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ६६१ जनाको उद्धार गरिएको प्रवक्ता तिवारीले बताए। यसैगरी बाढीपहिराले तीन सय २२ वटा घरमा क्षति र १६ पुल बगाएको सशस्त्र प्रहरी बलले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ५ : ५५ बजे

झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो

धादिङ । काठमाडौँ र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेँसी नगरपालिका–९

ओमानविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत ओमानविरुद्ध पहिला ब्याटिंग

प्रधानमन्त्री ओली स्वदेश फर्किदै, अमेरिकाबाट कतार प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा

कलेज अफ मेडिकल साइन्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौ । चितवनको कलेज अफ मेडिकल साइन्स र प्रभु बैँक