१२ आश्विन २०८१, शनिबार | September 28, 2024

हेवा खोलाको बाढीले बेलिब्रिज बगायो, मेची राजमार्ग अवरुद्ध



पाँचथर । अविरल वर्षापछि हेवा खोलामा आएको बाढीले मेची राजमार्ग अन्तर्गतको ‘बेलिब्रिज’बगाएको छ । फिदिम नगरपालिका–४ का वडाध्यक्ष उपेन्द्र लावतीले हेवा खोलामा आएको बाढीले ‘बेलिब्रिज’ बगाएको जानकारी दिए ।

उनका अनुसार बाढीले हिलिहाङ गाउँपालिकातर्फको पर्खाल भत्काएपछि बेलिब्रिज बगाएको हो ।

गत वर्षको असार २ गते आएको बाढीले यहाँ रहेको पुल बगाएपछि यहाँ ‘बेलिब्रिज’ निर्माण गरिएको थियो । ‘बेलिब्रिज’ बगाएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि पाँचथरको हिलिहाङ र याङवरक गाउँपालिका तथा ताप्लेजुङ जिल्लासँगको सडक सञ्जाल विच्छेद भएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ११ : ३६ बजे

साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित

काठमाडौं । नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा भारतसँग पराजित भएको

बाढीपहिरो : ललितपुरमा १८ जनाको मृत्यु

ललितपुर । वर्षाजन्य विपद्मा ललितपुरमा हालसम्म १८ जनाको शव फेला

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए आकस्मिक बैठक

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आकस्मिक बैठक बोलाएका छन्

बाढीले बगाएको बुलेटबाट ग्याँस लिक भएर सकियो, नजिक अग्निजन्य पदार्थ प्रयोग नगर्नु- आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले हनुमन्ते खोलाले बगाएको बुलेटबाट ग्याँस

माथिल्लो मनाङमा हिमपात

मनाङ । देशभरि मनसुन सक्रिय भएसँगै हिमाली जिल्ला मनाङमा हिमपात