११ आश्विन २०८१, शुक्रबार | September 27, 2024

श्रीलंकन पूर्व राष्ट्रपति गोटावायलाई लुम्बिनीमा स्वागत



लुम्बिनी । श्रीलंकाका पूर्व राष्ट्रपति गोटावाया राजापाक्षलाई लुम्बिनी विकास कोषले स्वागत गरेको छ । कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले खादा लगाएर पूर्व राष्ट्रपतीलाई स्वागत गरेका हुन् । उपाध्यक्ष डा. लामाले स्वागत गर्दै श्रीलंकासँग नेपालको सम्बन्ध निकै पूरानो रहेको बताउँदै बुद्धजन्मस्थल लुम्बिनीले त्यो सम्बन्ध अझ प्रगाढ बनाएको बताए ।

उनले लुम्बिनी क्षेत्रमा शाक्यमुनी बुद्धसँगै कक्रुछन्द र कनकमणि गरी तीन वटा बुद्धको जन्म भएकाले निकै महत्वपूर्ण स्थल रहेको बताए । उनले लुम्बिनीसँग श्रीलकाको सम्बन्ध पनि निकै पूरानो रहेकाले यहाँको विकासमा सहकार्य गर्न सधै तयार रहेको बताए । उपाध्यक्ष लामाले लुम्बिनीलाई लक्षित गरी गौतमबुद्ध विमानस्थलमा नियमित उडानका लागि समेत अनुरोध गरे । राजापाक्षेसँगै श्रीलंकाका लागि नेपाली राजदुत सुदर्शना पाथिराना समेत सहभागी थिए ।

पूर्वराष्ट्रपती राजापाक्षेत्रलाई कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख स्मिता भट्ट, बरिष्ठ निर्देशक ज्ञानिन राई लगायतका कर्मचारीहरुले स्वागत गरे । उक्त अवसरमा कोषका सदस्य सचिव शाक्यले लुम्बिनीमा पूर्वराष्ट्रपतीको भ्रमणले आफूहरुलाई उत्साही बनाएको बताए । उनले बुद्धजन्मस्थल लुम्बिनीमा श्रीलंकाले शुरुवाती चरणमै विहार निर्माण गरेकोमा धन्यवाद दिदै यो सहकार्य रहिरहने बताए ।

त्यस्तै बरिष्ठ निर्देशक ज्ञानिन राईले श्रीलंकन मन्दिरको पुर्ननिर्माणका लागि अनुरोध गरे । स्वागत कार्यक्रमपछि पूर्वराष्ट्रपती राजापाक्षेले मायादेवी भ्रमण गरे । श्रीलंकनहरु लुम्बिनी निकै श्रद्धाका साथ आउने भएकाले पूर्व राष्ट्रपतीले महत्वका साथ मायादेवी भ्रमण गरेको सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले बताए । परिवार सहित आएका राजापाक्षेले लुम्बिनीमा शान्तिको कामना गर्दै दीप प्रज्वलन समेत गरेका थिए । शुक्रबार अपरान्ह लुम्बिनी आइपुगेका श्रीलंकाका पूर्व राष्ट्रपति गोटावाया राजापाक्षे झरीको प्रवाह नगरी मायादेवीको श्रद्धाभत्तीका साथ दर्शन गरेका हुन् ।

निरन्तरको बर्षाले हिडडुल गर्न समेत असहज भएको बेला पूर्वराष्ट्रपती राजापाक्षेले बुद्धजन्मस्थल लुम्बिनीमा पाईला टेक्न पाउनु जीवनकै ठूलो उपलब्धी भएको बताए । उनले मायादेवी मन्दिर, जन्मस्मारक शिला, मायादेवी मूर्ती, पुष्पकरणी पोखरी, अशोक स्तम्भका बारेमा जानकारी लिँदै भ्रमण गरे ।

कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले लुम्बिनी र मायादेवी मन्दिर र लुम्बिनीको महत्वबारे विफ्रिङ गरेका थिए । यस्तै बरिष्ठ पुरातत्व अधिकृत हिमाल कुमार उप्रेतीले पुरातात्विक महत्व र मायादेवी मन्दिर परिसरका संरचनाबारे जानकारी दिएका थिए ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ९ : ०४ बजे

अबिरल वर्षासंगै आएको पहिरोको बुटवल-पाल्पा सडक अवरुद्ध

बुटवल । अबिरल वर्षासंगै आएको पहिरोको सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-पाल्पा

लुम्बिनी बौद्ध विश्वविद्यालयमा चिनिया भाषा टेष्ट सेन्टर , मुख्यमन्त्रीद्धारा उद्घाटन

लुम्बिनी । लुम्बिनी बौद्ध विश्व विद्यालयमा चिनिया भाषा प्रशिक्षण तथा

श्रीलंकन पूर्व राष्ट्रपति गोटावायलाई लुम्बिनीमा स्वागत

लुम्बिनी । श्रीलंकाका पूर्व राष्ट्रपति गोटावाया राजापाक्षलाई लुम्बिनी विकास कोषले

एमाले नेतृ बराल भन्छिन्- प्रविधिको दुरुपयोग गरेर चरित्र हत्या गरियो, कानुनी निष्कर्षको प्रतिक्षामा छु

काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बरालले प्रविधिको दुरुपयोग गरेर

मौसम प्रतिकूल भएपछि भोलि बिहानसम्मका सबै आन्तरिक उडान स्थगित

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसममा आएको खराबीका