९ आश्विन २०८१, बुधबार | September 26, 2024

‘बार–बेञ्च समन्वय समितिको सहमति कार्यान्वयन भएन’



काठमाडौं । नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतको बार बेञ्च समन्वय समितिको बैठकमा भएको सहमतिअनुसार न्यायपरिषद् नियमावलीमा भएको संशोधनका विषयमा समाधान निकाल्नुपर्नेमा बेवास्ता भएको जनाएको छ ।

बारले आज जारी गरेको प्रेस विज्ञप्तिमा उक्त समन्वय समितिको बैठकमा भएको सहमतिअनुसार न्यायपरिषद् नियमावलीमा भएको संशोधनका सम्बन्धमा समाधान निकाल्नुपर्नेमा बेवास्ता गरेको उल्लेख गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

विज्ञप्तिमा कार्यदलको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्नुपर्नेमा उल्टै असंवैधानिक तवरबाट न्यायपरिषद्बाट थप निर्णय गर्नका लागि बिदामा बसेका प्रधानन्यायाधीश र संसदीय सुनुवाइका लागि सार्वजनिक सूचना जारी भएका व्यक्तिबाट नेपालको न्यायपालिकालाई गम्भीर असर पार्ने निर्णय हुन लागेको उल्लेख छ ।

बारले उपत्यका बाहिरका बार एकाइले बार परिसर र उपत्यकास्थित बार एकाइमा आबद्ध सम्पूर्ण कानुन व्यवसायीलाई नेपाल बार एशोसिएसनको प्राङ्गणमा बिहीबार उपस्थित हुन भनेको छ ।

बारले न्यायपरिषद् नियमावली, २०७४ को (पहिलो संशोधन, २०८०) प्रति आफ्नो असहमति जनाउँदै अविलम्ब खारेज गर्न सम्बन्धित निकायलाई पटकपटक ध्यानाकर्षण गराउँदै आएको छ ।

यसैबीच सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष हरिशङ्कर निरौलालो न्यायपरिषद् र नेपाल बार एशोसिएसन दुवै पक्षलाई मान्य हुने मेलमिलापकर्ताको नियुक्ति गरेर समस्याको समाधान अविलम्ब गर्नुपर्ने र समस्यालाई लम्ब्याउँदा कसैको पनि हित नहुने बताएका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ९ : १३ बजे

प्रधानमन्त्री ओलीद्वारा ‘सेप्टेम्बर ११ राष्ट्रिय स्मारक केन्द्र’ मा श्रद्धाञ्जली व्यक्त

अमेरिका । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको

बिआरआइ परियोजनालाई राष्ट्र र जनताको हितमा सदुपयोग गर्न गहन चिन्तन गरौँः अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले चीनले अघि सारेको विश्वव्यापी

स्वास्थ्यमन्त्री पौडेल र माल्दिभ्सका स्वास्थ्यमन्त्री खलीलबीच भेट

काठमाडौं । इन्डोनेसियाको भ्रमणमा रहनुभएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल

‘बार–बेञ्च समन्वय समितिको सहमति कार्यान्वयन भएन’

काठमाडौं । नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतको बार बेञ्च समन्वय

नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं । नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।