९ आश्विन २०८१, बुधबार | September 25, 2024

नेपालगन्जबाट स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ



नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिका-४ गणेशपुरबाट स्रोत नखुलेको रकम सहित २ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । नगद १६ लाख १० हजार २ सय ५५ नेपाली रूपैयाँ र ५९ हजार ५ सय भारतीय रूपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा नेपालगन्ज उप-महानगर पालिका वडा नं.४ गणेशपुर बस्ने मोहम्मद हबिब सिद्दिकी र मोहम्मद कादिर सिद्दिकी रहेका छन् ।

मोहम्मद हबिबको घरमा अवैध हुण्डी कारोबार भइरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो  ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  २ : ४२ बजे

घाँसेमैदान बनेको नेपालगन्ज रङ्गशाला प्रयोगमा ल्याउन बाँके जिल्ला फुटबल संघको माग

नेपालगन्ज । नेपालगन्जमा सुबिधा सम्पन्न खेलकुद रङ्गशाला भएर पनि खेदाडीहरुले

आर्थिक न्यायको माग गर्दै दलित नागरिक समाजको प्रदर्शन

काठमाडौं । आर्थिक न्याय र सामाजिक सुरक्षाको माग गर्दै दलित

नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय टिकट विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि बिक्री गर्ने

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विराटनगर, पोखरा

आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक : अर्थमन्त्री पौडेल

बेइजिङ । उपप्रधानमन्त्री अवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वृद्धि तथा