६ आश्विन २०८१, आइतबार | September 22, 2024

परराष्ट्रमन्त्री डा राणा न्यूयोर्कमा



वाशिङ्टन डिसी । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री डा आरजु राणा देउवा शनिबार न्यूयोर्क आइपुगेकी छिन । स्थानीय समयअनुसार मध्याह्न क्यानाडाबाट उनी न्युयोर्क आएकी हुन ।

मन्त्री राणालाई संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल, नियोगका कर्मचारी तथा स्थानीय सङ्घसंस्थाका प्रतिनिधिहरूले विमानस्थलमा स्वागत गरेका थिए । क्यानाडाको टोरन्टोमा आयोजित महिला विदेशमन्त्रीहरूको बैठकमा सहभागी भएर उनी न्युयोर्क आएकी हुन ।

मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्ने राष्ट्रसङ्घका विभिन्न फोरममा सहभागिता जनाउनेछन । उनले मन्त्रीस्तरीय बैठकहरूमा सहभागिता जनाउने तथा विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका रहेको न्युयोर्कस्थित नेपाली नियोगले जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ८ : ०४ बजे

मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनसरी–मोरङ सिँचाइ

अस्लेवा तराई सम्पर्क समाज गठन

बुटवल । अस्लेवा तराई सम्पर्क समाज गठन भएको छ ।

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

बागलुङ । प्रसूति व्यथा लागेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत

मोदी र बाइडेनबीच भेटवार्ता

काठमाडौं । अमेरिका पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति जो

नेपालको अर्थतन्त्र सुधार हुँदै : आइएमएफ उपनिर्देशक

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा