५ आश्विन २०८१, शनिबार | September 21, 2024

पत्रकार तथा सञ्चारकर्मी पुरस्कृत गर्दै प्रेस काउन्सिल



काठमाडौं । प्रेस काउन्सिल नेपालले यस वर्षको ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक अखण्ड भण्डारीलाई प्रदान गर्ने भएको छ । यही विधामा संस्थागततर्फ नेपाल पे्रस इन्स्टिच्युट (एनपिआई) लाई पुरस्कृत गर्ने निर्णय भएको काउन्सिलले विज्ञप्तिमार्फत जनाएको छ । यी पुरस्कारको राशि एक लाख ५१ हजार रुपैयाँ रहेको छ ।

काउन्सिलले एक लाख १० हजार रुपैयाँ राशिको ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार बद्री सिग्देललाई प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै ५० हजार रुपैयाँ राशिको ‘प्रेस काउन्सिल आचारसंहिता पुरस्कार’ रातोपाटी डटकमलाई प्रदान गरिने निर्णय भएको छ ।

त्यसैगरी, २० हजार राशिको यस वर्षको ‘प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार’ सञ्चारकर्मी होम कार्की (काठमाडौँ), प्रकाश तिमिल्सिना (काठमाडौँ), श्याम श्रेष्ठ (केएमजी ग्रुप) (काठमाडौँ) , शिवराज भट्ट (कैलाली) र लीलाराज भट्टराई (सुनसरी) लाई प्रदान गरिने भएको छ ।

‘प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार’ पत्रकारहरू दुर्गा खनाल (कान्तिपुर), कृष्ण पौडेल (काठमाडौँ), दीपक रिजाल (काठमाडौँ), रोशन श्रेष्ठ (काठमाडौँ), खडकबहादुर श्रेष्ठ (प्रताप) (पर्सा), प्रकाशचन्द्र भट्टराई (तनहुँ), दिलीप पौडेल (बाग्लुङ), ध्रुव सुवेदी (भोजपुर), रमेश तिवारी (झापा), शन्तराम विडारी (काठमाडौँ), राजेन्द्र कार्की (जाजरकोट), लक्ष्मण तिवारी (कञ्चनपुर), भरतराज विष्ट (कालीकोट) र सविन प्रियासन (थारू) )दाङ) लाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि जनही १२ हजार रुपैयाँ रहेको छ ।

दश हजार रुपैयाँ राशिको ‘प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार’ पत्रकारहरू आश गुरुङ (लमजुङ), सङ्गीता तिमिल्सिना (बाजुरा), पुष्प बराल (झापा), भानुभक्त आचार्य (कैलाली), अरुण बम (डोटी), रुद्रमणि भुसाल (अर्घाखाँची), प्रविर ददेल (रुकुम पश्चिम), केदार शिवाकोटी (दोलखा), अनिल खत्री (गुल्मी), नारायण ढुङ्गाना (चितवन)ं र मुकुन्द भण्डारी (रेडियो नेपाल) लाई प्रदान गरिनेछ ।

‘प्रेस काउन्सिल महिला सशक्तीकरण पुरस्कार’ प्रतीक्षा काफ्ले (स्याङ्जा), इन्दिरा अर्याल (पाल्पा), कालिका खड्का (दोलखा) र रुपनी जिएम (बाँके) लाई दिइने भएको छ । पुरस्कारको राशि जनही १० हजार रुपैयाँ रहेको प्रेस काउन्सिलले जनाएको छ ।

यो वर्षको ‘प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार’ रमेश विश्वकर्मा (गुल्मी), श्रवण देव (सप्तरी), बिना श्रीवास्तव (रौतहट), श्यामबाबु यादव (बारा) र रामसुकुल मण्डल (महोत्तरी) लाई प्रदान गर्ने निर्णय भएको छ । सो पुरस्कारको राशि पनि १० हजार रुपैयाँ रहेको छ ।

जनही दश हजार रुपैयाँ राशिको ‘प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार’ पत्रकार निरजराज जोशी, श्यामकृष्ण दाहाल, ज्ञानेन्द्र कार्की (फोटो पत्रकार, नयाँ पत्रिका), भागवत भट्टराई (सेतोपाटी), अखिल सिटौला (काठमाडौँ) र प्रकाश आचार्य (बुटवल) लाई प्रदान गरिने भएको छ ।

त्यसैगरी जनही दश हजार राशिको ‘प्रेस काउन्सिल साहित्यिक पुरस्कार’ र ‘प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार’ क्रमशः हाम्रो पुरुषार्थ (साहित्यिक पत्रकार) र नेपाल भाषा, नपेन्द्रलाल श्रेष्ठ (लहान साप्ताहिक) ले प्राप्त गर्ने भएको छ ।

त्यसैगरी, काउन्सिलले यस वर्षको उत्कृष्ट कर्मचारी पुरस्कार सहप्रशासकीय अधिकृत रामशरण बोहोरा, मिडिया अनुगमनकर्ता विशाल पौडेल र प्रोत्साहन पुरस्कार हलुका सवारी चालकहरू यमकुमार बुढाथोकी र दलबहादुर देवकोटालाई प्रदान गरिने निर्णय भएको छ । यस वर्षको दीर्घसेवा पदक विष्णुप्रसाद न्यौपानेले (कार्यालय सहयोगी), २० वर्षे दीर्घसेवा पदक प्राप्त गरेका छन् ।

उक्त पुरस्कार आइतबार प्रदान गरिने काउन्सिलले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  १० : २८ बजे

भैरहवामा नेपाली महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा ४ भारतीय सहित ६ जना पक्राउ

भैरहवा । भारतबाट नेपाल आएर जबरजस्ती करणी गरेको आरोपमा ४

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शत्प्रतिशत विद्यार्थी पास

सुर्खेत । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लिएको परीक्षामा कर्णाली स्वास्थ्य

पत्रकार तथा सञ्चारकर्मी पुरस्कृत गर्दै प्रेस काउन्सिल

काठमाडौं । प्रेस काउन्सिल नेपालले यस वर्षको ‘प्रेस काउन्सिल गोपालदास

नेपालीका लागि जुनसुकै देश शैक्षिक गन्तब्य बन्नसक्छ : महानायक हमाल

काठमाडौं । महानायक राजेश हमालले सूचना प्रविधि र विश्वव्यापीकरणको युगमा

जबजले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको छः पूर्वराष्ट्रपति भण्डारी

ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) ले