५ आश्विन २०८१, शनिबार | September 21, 2024

आइएमई मोटर्स र रिलायन्स फाइनान्स बिच सत्तरी प्रतिशत सम्मको सवारी साधन  फाइनान्सिङका लागि रणनीतिक साझेदारी



 काठमाडौ ।  आइएमई मोटर्सले  रिलायन्स फाइनान्स बिच सत्तरी प्रतिशत सम्मको सवारी साधन  फाइनान्सिङका लागि रणनीतिक साझेदारी  भएको छ ।
यस सम्झौतासँगै,ग्राहकहरूले अब रिलायन्सबाट सत्तरी प्रतिशत सम्मको सवारी साधन फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन् ।
सम्झौतामा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ र रिटेल तथा एस एम इ प्रमुख नबिन्द्र केसी र आइएमई मोटर्सका सहायक महाप्रबन्धक सुशील सुवेदी र कम्पनीका प्रमुख वित्तीय अधिकृत निर्मल अधिकारी बिच हस्ताक्षर भएको हो।
यस समझदारी मार्फत दुबै कम्पनीहरूको ग्राहक(केन्द्रित समाधान र अटोमोबाइल क्षेत्रको विकासमा प्रतिबद्धता प्रकट गरेका छन् । यसबाट ग्राहकहरूलाई सवारी साधन किन्न  सहज र पहुँच योग्य फाइनान्सिगको सुविधा उपलब्ध भएको छ ।
सम्झौताका प्रमुख बुँदाहरू
१. सत्तरी प्रतिशत सम्मको फाइनान्सिग  ग्राहकहरूले अब रिलायन्स फाइनान्सबाट सवारी साधनको  कुल मूल्यको सत्तरी प्रतिशत सम्मको फाइनान्सिग प्राप्त गर्न सक्नेछन् ।
२.सहज प्रक्रिया यो साझेदारीले दुबै कम्पनीहरूको सेवालाई उपयोग गर्दै सहज प्रक्रियासंगै सुलभ र प्रभावकारी फाइनान्सिग सुविधा उपलब्ध हुनेछ ।
३.पहुँच वृद्धि  यस समझदारीले सवारी साधनको स्वामित्वको पहुँचलाई विस्तार गर्नेछ र  अटोमोबाइल  क्षेत्रको विकासलाई थप प्रर्वद्धन गर्नेछ।
आइएमई मोटर्सका सहायक महाप्रबन्धक सुशील सुवेदीले रिलायन्स फाइनान्ससँगको  यो साझेदारीबाट ग्राहकहरूलाई बढी फाइनान्सिग सुविधाहरू गर्ने तथा यसबाट अशोक लेल्याण्डको बजार वृद्धि गर्न सहयोग पुग्ने विश्वास लिएको बताएका छन् ।
रिलायन्स फाइनान्स का प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठले आइएमई मोटर्ससँग मिलेर उत्कृष्ट फाइनान्सिग सेवाहरू मार्फत  ग्राहकहरूको आवश्यकतालाई पुरा गर्न तत्पर रहेको बताएका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ३ : ५४ बजे

जबजले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको छः पूर्वराष्ट्रपति भण्डारी

ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) ले

भ्रष्टाचार आरोप लागेका व्यक्तिहरु मन्त्री भएकाले वर्तमान सरकार सुशासनका क्षेत्रमा निकै कमजोर : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा

वर्तमान सरकार बनेपछि देशमा सकारात्मक सन्देश प्रवाह भएको छ : सभापति देउवा

काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान

भेरी अस्पतालमा प्रत्यक्ष शल्यक्रिया गरेर नयाँ शल्यक्रिया कक्षको उदघाटन

नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जले आजदेखि नव निर्मित नयाँ भवनबाट

परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र रोमानियाका विदेशमन्त्री