५ आश्विन २०८१, शनिबार | September 21, 2024

ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा



काठमाडौं । अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले ब्रेकअपपछि पनि निरन्तर फिल्ममा सहकार्य गर्दै आइरहेका छन् । हालै फिल्म ‘भाइरल गोर्खे’ मा एकसाथ काम गरेका उनीहरूको अब अर्को फिल्म ‘विनोद’ मा पनि सहकार्य गर्ने भएका हुन् ।

सौगातको अभिनय रहने जानकारी दिँदै फिल्मको ‘एआई जेनेरेटड’ पोस्टर सार्वजनिक गरिएको थियो । त्यो पोस्टर सृष्टिले पनि आफ्नो सामाजिक सञ्जालमा सेयर गरेकी छन् । फिल्मको छायांकन आगामी मंसिरमा गरिने बताइएको छ ।

फिल्ममा प्रकाश घिमिरे, प्रवीण खतिवडा, दिव्य देव लगायको पनि अभिनय रहनेछ । फिल्म सन् २०२५ मा रिलिज हुनेछ । अहिले ‘पिताम्बर’को छायांकनमा व्यस्त रहेका सौगातले ‘विनोद’भन्दा अघि ‘बलिदान’ र ‘कल्ली’को छायांकन भ्याउनेछन् ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  १० : ३१ बजे

मुक्तिनाथमा दर्शनार्थीको घुइँचो

गण्डकी । प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा  केही दिनयता चहलपहल बढ्दै गएको

भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता

नयाँ दिल्ली । युद्धग्रस्त म्यानमाबाट नौ सय सन्दिग्ध आतङ्कवादी भारतको

ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा सहभागी

कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’

दाङ । लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले

तिलिचो ताल पुग्न नयाँ पदमार्ग

म्याग्दी । मनाङको तिलिचो ताल जोड्ने नयाँ पदमार्ग सञ्चालनमा आएको