५ आश्विन २०८१, शनिबार | September 21, 2024

राप्रपा अध्यक्ष लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डल गएराति बेलायत प्रस्थान गरेको छ ।
पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस)को कार्यक्रममा सहभागी हुन उनीहरु बेलायत प्रस्थान गरेका हुन् ।
प्रतिनिधिमण्डलमा पार्टी प्रमुख सचेतक ज्ञानेन्द्र शाही, प्रवास विभाग प्रमुख आनन्द अधिकारी, केन्द्रीय सदस्य हिक्मतजङ्ग कार्की र अध्यक्ष लिङ्देनका श्रीमती सिता थापा छन् ।
पानसको आयोजनामा यही असोज ७ र ८ गते लण्डन र स्कटल्याण्डमा हुने कार्यक्रममा उनीहरु सहभागी हुनेछन् । साथै प्रतिनिधिमण्डलले त्यहाँस्थित उच्च तहका नेताहरुसँग भेटघाट तथा नेपाली समुदायसँग छलफल गर्ने जनाइएको छ ।
पार्टीका नेता राजाराम श्रेष्ठका अनुसार यही असोज १० गते भ्रमण टोली स्वदेश फिर्ता हुने तालिका छ ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ९ : ५३ बजे

ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा सहभागी

कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’

दाङ । लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले

तिलिचो ताल पुग्न नयाँ पदमार्ग

म्याग्दी । मनाङको तिलिचो ताल जोड्ने नयाँ पदमार्ग सञ्चालनमा आएको

‘चुनावमा एक्लै लड्ने प्रतिबद्धता लोकतन्त्र र देशका लागि हितकर हुनेछ’

दाङ । नेपाल कम्यनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

विराटनगर । कोशी प्रदेश सभाको चालु पाँचौँ अधिवेशन अन्त्य भएको