५ आश्विन २०८१, शनिबार | September 21, 2024

मधेस प्रदेशसभाको तेस्रो अधिवेशन अन्त्य



जनकपुरधाम । मधेस प्रदेशसभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसबमोजिम शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी चालु तेस्रो अधिवेशन अन्त्य गरेकी हुन् ।

प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम चालु तेस्रो अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जानकारी दिए ।

गत जेठ २१ गतेदेखि सुरु भएको तेस्रो अधिवेशनमा ३४ वटा बैठक बसेको थियो । चालु अधिवेशनबाट बालिका संरक्षण विधेयक, स्थानीय तहका कर्मचारीहरूको सेवा सुविधाबारे व्यवस्था गर्न बनेको विधेयक तथा मधेस प्रदेशमा खेलकुदको विकास गर्नका लागि बनेको विधेयक प्रदेश सभाको बैठकले पारित गरेको थियो ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ७ : ५८ बजे

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

विराटनगर । कोशी प्रदेश सभाको चालु पाँचौँ अधिवेशन अन्त्य भएको

घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन

काठमाडौँ । दसैँ, तिहार र छठ पर्वमा यात्रुलाई सहज रुपमा

वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौसम्म रु

नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति

काठमाडौं । नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति

बागलुङमा चट्याङ लागेर एकको मृत्यु

बागलुङ । निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रंजना बुढाको गत