४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

आवश्यक सुधारपछि पुनः सञ्चालनमा आयो बुटवलको हैदराबादी बिरयानी



बुटवल । अखाद्य वस्तु फेला परेपछि बुटवल उपमहानगरपालिकाको अनुगमनपछि बन्द भएको बुटवलको हैदराबादी बिरयानी पसलले पुनः सञ्चालनको अनुमति पाएको छ । बुटवलको नेपालगन्जरोडमा रहेको हैदरावादी विरयानी सेन्टरमा गत भदौ २० गते अनुगमन गर्दा फोहोरो र सढेको मासु भेटिएपछि बुटवल उपमहानगरले सञ्चालनमा रोक लगाउनुका साथै जरिवाना समेत गरेको थियो ।

उपमहानगरले सञ्चालकलाई कारबाहीसँगै आवश्यक सुधार गरी आगामी दिनमा गल्ती नदोर्याउनेसर्तसहित पुनः सञ्चालनको अनुमति दिएको उपप्रमुख सावित्रादेवी अर्यालले जानकारी दिइन् । उपमहानगरको अनुगमन टोलीले शुक्रबार पुनः अनुगमन गर्दा सुधार भएको भन्दै सञ्चालन गर्न भनेको हो ।

‘हामीले कुनै व्यवसायीलाई हतोत्साही बनाउनु हुंदैन भन्नेमा स्पष्ट छौं’-अर्यालले भनिन्- ‘व्यवसायीले पनि उपभोक्ताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर व्यवसाय चलाउनुपर्छ ।’ उनले उपमहानगरपालिकाले अनुगमनलाई निरन्तरता दिइरहने समेत बताइन् ।

अनुगमनपछि उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले हैदराबादी बिरयानी सेन्टरको भान्सामा धेरै राम्रो सुधार भएकोले बताए । बिरयानी सेन्टरका सञ्चालक जनक खड्काले बुटवल उपमहानगरपालिकाले दिएको निर्देशन अनुसार भान्सामा सुधार गरेर पुनः सञ्चालनमा ल्याएको बताए ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ५ : ५८ बजे

दसैँको टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको

वित्तीय संस्थालाई थप विश्वसनीय बनाउन जरुरी छः अर्थमन्त्री

काठमाडौं । एसियाका विभिन्न १६ देशका निक्षेप तथा कर्जा सुरक्षण

सिद्धबाबा सुरुङमार्गमा २४ सै घण्टा काम हुँदै, ३ मध्य २ वटा बाइपास सुरुङको ‘ब्रेक थ्रू’

बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत निर्माणाधिन सिद्धबाबा सुरुङमार्ग निर्माणको कामलाई

रुपन्देहीमा एमाले सरकारका विरुद्ध एमाले केन्द्रीय सचिव सडक आन्दोलनमा

बुटवल । एमाले अध्यक्ष केपी ओली नेतृत्वको विरोधमा एमालेका केन्द्रीय

माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत पश्चिम प्रवास संगठन