४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

दाउन्नेमा गुडीरहेको ट्रकमाथि आगजनी



बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा ट्रकमा आगजनी भएको छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-४ दाउन्नेको उकालोनेर भुस बोकेको लु २ ख ५१३७ नम्बरको ट्रकमा आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार भैरहवाबाट कुरिन्टार चितवनको लागि जाँदै ट्रकमा जंगलमा आगजनी भएको हो । गाडीको इन्जिन तात्न गई अचानक ट्रकको अगाडिको भागबाट आगो सल्कँदा ट्रकको भुससमेतमा आगजनी भएको हो ।

आगजनीबाट ट्रक पूर्ण रूपमा क्षति भएको छ । बर्दघाट नगरपालिकाको दमकल, प्रहरी र स्थानीय मिलेर आगो नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ४ : ३४ बजे

रुपन्देहीमा एमाले सरकारका विरुद्ध एमाले केन्द्रीय सचिव सडक आन्दोलनमा

बुटवल । एमाले अध्यक्ष केपी ओली नेतृत्वको विरोधमा एमालेका केन्द्रीय

माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत पश्चिम प्रवास संगठन

आवश्यक सुधारपछि पुनः सञ्चालनमा आयो बुटवलको हैदराबादी बिरयानी

बुटवल । अखाद्य वस्तु फेला परेपछि बुटवल उपमहानगरपालिकाको अनुगमनपछि बन्द

प्रधानमन्त्री ओली कतारको दोहामा

दोहा । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

बुटवलमा निजी अस्पताल तथा स्वास्थ्य संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै

बुटवल । निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा सरकारी अस्पतालमा कार्यरत