३ आश्विन २०८१, बिहिबार | September 19, 2024

बाँकेमा २ मोटरसाइकल ठक्कर खाँदा दुबै मोटरसाइकल चालकको मृत्यु



नेपालगन्ज । बाँकेका राप्तीसोनारी गाउँपालिकामा २ मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ । बुधबार बेलुका करिब ५ बजेको समयमा राप्तीसोनारी-४ लठ्ठापुर स्थित नेपालगन्ज अगैया हुलाकी सड्क खण्डमा २ वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुबै मोटरसाइकलका चालकको मृत्यु भएको हो ।

पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको भे १२ प ३१९५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको भे १२ प ४८२८ नम्बरको मोटरसाएकल एक आपसमा ठोकिँदा भे १२ प ३१९५ नम्बरका मोटरसाइकल चालक रामशरण थारु र भे १२ प ४८२८ का मोटरसाइकल चालक बसन्त थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय बैजापुरले जनाएको छ ।

दुर्घटनामा घाइते भएका तीन जनालाई नर्सिङ्ग होम नेपालगन्जमा उपचारका लागि पठाईएको प्रहरी नायव निरिक्षक भद्रसिंह वलीले जानकारी दिए । घाइते हुनेहरुमा अजय थारु, संगिन थारु र संजय थारु रहेका छन् ।

तीन वटै घाइतेहरुको मुख र हातमा चोट लागेको छ भने अवस्था सिरियस रहेको प्रहरी नायव निरीक्षक वलीले बताए ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  १० : ०५ बजे

शिक्षकहरुका लागि एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिने कार्यशाला गोष्ठी सम्पन्न

बर्दिया । बाँके युनेस्को क्लव र शिक्षा, युवा तथा खेलकुद

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day