२५ चैत्र २०८१, सोमबार | April 7, 2025

कलाकार हरिवंश आचार्यले मन्त्री दाहाललाई भेटेर भने : ‘अस्थिर राजनीतिका कारण नागरिक निराश’



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र वरिष्ठ कलाकार हरिवंश आचार्यबीच आज छलफल भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा उहाँहरुबीच विकास निर्माण र सरकारका कामलाई कसरी जनमुखी तथा प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा छलफल भएको हो ।

भेटमा वरिष्ठ कलाकार आचार्यले नेपालमा भइरहने सरकार परिवर्तन र अस्थिर राजनीतिका कारण नागरिक निराश हुने गरेको बताए । दिगो र स्थायी सरकारले मात्र नागरिकका निराशा चिर्न सक्ने उनको भनाइ थियो ।

छलफलका क्रममा वरिष्ठ कलाकार आचार्यले पनौती–नमोबुद्ध–दाप्चा सडक निर्माणका लागि आवश्यक बजेटको व्यस्था गरिदिन मन्त्री दाहाललाई आग्रह गरे ।

मन्त्री दाहालले आवश्यकताका आधारमा स्रोत व्यवस्थापन गर्ने कुरालाई आफूले प्राथमिकता दिएको बताए ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ३ : ५८ बजे

प्रधानमन्त्रीद्वारा पत्रकार भैरव रिसालको निधनमा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रज पत्रकार भैरव रिसालको निधन

रवि लामिछानेलाई भैरहवा जेलको ब्लक नम्बर ४

भैरहवा । रवि लामिछाने अन्ततः कारागार चलान भएका छन् ।

रास्वपाका सभापति रवि लामिछाने भैरहवा कारागार चलान

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई

होटल पौवामा स्वाद उत्सव तथा सम्मान कार्यक्रम

बुटवल । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ

जनमत-उन्मुक्ति बिच बैशाख १५ मा एकीकरण, पार्टीको नाम जनमत, चुनाव चिन्ह ढकिया

बर्दिया । अन्ततः जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण