२८ मंसिर २०८२, आइतबार | December 14, 2025

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ



काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउपर्नेमा कालीकोट खाँडाचक्र नगरपालिका–११ घर भई हाल काठमाडौँ महानगरपालिका–२२ सुन्धारा बस्ने बस्ने ४१ वर्षीय धीरबहादुर शाही रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनले भने, “वादी नेपाल सरकार प्रतिवादी निज शाही भएको बैंकिङ कसुर मुद्दामा कालीकोट जिल्ला अदालत, कालीकोटबाट विसं २०८१ जेठ २८ गते पक्राउ अनुमति प्राप्त पछि फरार रहेका निजलाई हाम्रो टोलीले पक्राउ गरेको हो ।”

निज शाहीलाई काठमाडौँको सुन्धारा नजिक फेला पारी कानुनबमोजिम पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कालीकोट पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ९ : ३९ बजे

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%

सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको