३ आश्विन २०८१, बिहिबार | September 19, 2024

लुम्बिनी प्रदेशसभामा पेश भयो निजामती सेवा ऐन संशोधन गर्न बनेको प्रतिवेदन सहितको विधेयक



दाङ । लुम्बिनी प्रदेश सभामा प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको प्रतिवेदन सहितको विधेयक पेश भएको छ । प्रदेश सभाको चौथो अधिवेसनको ३४ औं बैठकमा प्रदेश मामिला तथा कानून समितिका सभापति दिल कुमारी बुढाले प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको प्रतिवेदन सहितको विधेयक पेश गरेकी हुन ।

आजै पाँच बजे बस्ने ३५ औं बैठकमा संसोधन विधेयक पारित गर्ने तयारी छ । बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रतिनिधि भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले प्रदेश लोक सेवा आयोगको बार्षिक प्रतिवेदन २०८०/८१ सभामा पेश गरेका छन ।

सभाले यो प्रतिवेदनलाई अध्ययनका लागी प्रदेश मामिला तथा कानुन समितिमा पठाएको सभामुख तुलाराम घर्ती मगरले सभा समक्ष जानकारी दिए । बैठकमा स्वास्थ्य मन्त्री खेम बहादुर शारु र उर्जा जलस्रोत तथा सिंचाई मन्त्री सिता शर्मा चौधरीले अघिल्ला बैठकमा प्रदेश सभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिएका छन । सोमबारको बैठकमा प्रदेश सभा सदस्यहरुले समसामायिक विषयमा धारणा राख्दै जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन ।

प्रकाशित मिति : ३१ भदौ २०८१, सोमबार  ४ : ४८ बजे

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day

‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री सहभागी

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना गरिएको