३ आश्विन २०८१, बिहिबार | September 19, 2024

माओवादीले अवरुद्ध गर्ने भएपछि प्रतिनिधिसभा बैठक स्थगित



काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले सदन अवरुद्ध गर्ने निर्णय गरेपछि बैठक बस्दै नबसी स्थगित भएको हो ।

बैठक भोलि सोमबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित भएको संसद सचिवालयले जनाएको छ ।

सत्तारुढ दल एमालेका सांसद योगेश भट्टराईले जनयुद्धलाई हिंसा भन्दै अपमान गरेको भन्दै नियमापत्ति गरेको माओवादीले सभामुखले हिंसा शब्द गैरसंसदीय नभएको निस्कर्ष निकालेपछि आक्रोशित बनेको थियो । एमालेले जनयुद्धलाई नियतवस हिंसा भनिएको आरोप लगाउँदै सभामुखको निर्णय पुनरावलोकन हुनुपर्ने माग राखेको थियो ।

यसअघि आइतबार दिउँसो १ बजेका लागि तय भएको बैठक सहमति जुटाउनका लागि ३ बजेसम्म स्थगित गरिएको थियो । सभामुख देवराज घिमिरेले बिहान ११ बजे सहमति जुटाउन दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका थिए ।

प्रकाशित मिति : ३० भदौ २०८१, आइतबार  ४ : २६ बजे

शिक्षकहरुका लागि एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिने कार्यशाला गोष्ठी सम्पन्न

बर्दिया । बाँके युनेस्को क्लव र शिक्षा, युवा तथा खेलकुद

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day