३ आश्विन २०८१, बिहिबार | September 19, 2024

भष्ट्राचारविरुद्ध देशव्यापी अभियान आवश्यक छ : अध्यक्ष प्रचण्ड



झापा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भष्ट्राचारविरुद्ध देशव्यापी अभियान आवश्यक रहेको र त्यसको नेतृत्व आफ्नो पार्टीले गर्ने बताएका छन् ।

माओवादी केन्द्र दमकको नवनिर्मित कार्यालय भवनको आज उद्घाटन गर्दै उनले देशैभरि भ्रष्टाचार बढ्दै गएकाले यस्ता जनविरोधी गतिविधिविरुद्ध पार्टीले आन्दोलन तथा खबरदारी गर्ने बताए ।

पार्टी अध्यक्ष प्रचण्डले पहिचानको मुद्दामा माओवादी केही चुकेको स्वीकार्दै अब त्यसलाई सच्याएर सम्पूर्ण आदिवासी, जनजाति, शोषित, पीडित समुदायको आशा र भरोसाको पार्टी बनाएर छाड्ने प्रतिबद्धता जनाए । उनले भने, “लामो शसस्त्र युद्ध, विभिन्न खाले आन्दोलनबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा हाम्रो पार्टीले कसैसँग सम्झौता र सहमति गर्दैन । यसमा हामी दृढ छ ।”

दमक–८ स्थित बालुवाटारमा निर्माण गरिएको तीनतले सुविधासम्पन्न कार्यालय भवन उद्घाटनमा पार्टीका दमक नगरअध्यक्ष रवि बस्नेतलगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २९ भदौ २०८१, शनिबार  ९ : ४४ बजे

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day

‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री सहभागी

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना गरिएको