३ आश्विन २०८१, बिहिबार | September 19, 2024

उपसभामुख हटाउने नहटाउने विषय सरकारको होईन, संसदको हो : गोकुल बाँस्कोटा



काठमाडौँ । सत्ता गठबन्धनका मुख्य ठुलादल कांग्रेस र एमालेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने बारे सहमति गरिरहँदा नेकपा एमालेका प्रभावशाली नेता एवं सांसद गोकुल वास्कोटाले उपसभामुख हटाउने काम सरकारको नभएर संसदको भएको बताएका छन् ।

एमालेका सांसद बास्कोटाले प्रतिनिधि सभाको बैठकमा बोल्दै उपसभामुखलाई हटाउने नहटाउने विषय सरकारको भन्दा संसदको विषय भएको बताएका हुन् ।

उनले उपसभामुख विवादमा परेकोले राजीनामा दिए उपयुक्त हुने सुझाव दिए । सत्तारुढ दलहरु बीच उपसभामुखलाई हटाउने विषयमा छलफल भइरहेको बेला एमाले सांसद बास्कोटाले मगरलाई राजीनामा दिनुनै उपयुक्त हुने बताएका हुन् ।

उनले लोकतन्त्रमा सबैसँग प्रश्न उठाउन पाइने भन्दै अरुलाई गलत प्रमाणित गर्ने अवसर पनि लोकतन्त्रमा हुने बताएका हुन् । उनले आफूमाथि पनि प्रश्न उठेपछि पदबाट राजीनामा दिएको स्मरण गर्दै आफ्नो बारेमा प्रश्न उठेपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्ने सहास राजनीति गर्नेहरुमा हुनुपर्ने उल्लेख गरेका थिए । उनले गम्भीर प्रश्नहरु उठेपछि पद छोड्नु नै उपयुक्त हुने बताए ।

 

प्रकाशित मिति : २५ भदौ २०८१, मंगलबार  ४ : १० बजे

शिक्षकहरुका लागि एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिने कार्यशाला गोष्ठी सम्पन्न

बर्दिया । बाँके युनेस्को क्लव र शिक्षा, युवा तथा खेलकुद

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day