२८ मंसिर २०८२, आइतबार | December 14, 2025

पाकिस्तानका शैक्षिक संस्थाबाट स्नातक नेपाली विद्यार्थी सम्मानित



काठमाडौं । पाकिस्तानका विभिन्न शैक्षिक संस्थाबाट स्नातक भएका नेपाली विद्यार्थीहरुलाई पाकिस्तानी दूतावासले सम्मान गरेको छ ।

नागरिकहरूलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिँदै, पाकिस्तानको दूतावासले काठमाडौँको होटल एलोफ्टमा वार्षिक पूर्व विद्यार्थी भेटघाट कार्यक्रम आयोजना गर्यो।

पाकिस्तानको प्राविधिक सहायता कार्यक्रम अन्तर्गत एमबीबीएस, बीडीएस, बी फार्मा, इन्जिनियरिङ, पत्रकारिता, कृषि लगायतका क्षेत्रमा स्नातक भएका विद्यार्थीहरुलाई काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच दूतावासले सम्मान गरेको हो ।

शिक्षा, विज्ञान, तथा प्रविधिमन्त्री विद्या भट्टराईले स्नातक विद्यार्थीहरुलाई सम्मान गरिन । त्यसअवसरमा मन्त्री भट्टराईले नेपाल(पाकिस्तान मैत्रीपूर्ण सम्बन्धको गहिराई र न्यानोपनलाई स्मरण गरि। उनले नेपालको विकासका लागि, विशेष गरी प्राविधिक शिक्षाको क्षेत्रमा, पाकिस्तानले गरेको समर्थनको सराहना गरिन्।

नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले पाकिस्तानले नेपाली विद्यार्थीहरूलाई प्रदान गर्ने शैक्षिक छात्रवृत्तिहरूले पाकिस्तान र नेपालबीचको जनस्तरको सम्बन्धको निकटतालाई प्रतिबिम्बित गरेको बताए । उनले पाकिस्तानमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरूको सहजीकरणका लागि निरन्तर प्रयास जारी राख्ने विश्वास दिलाए ।

कार्यक्रममा पाकिस्तान र नेपालबीचको जनस्तरको सम्बन्धलाई बलियो बनाउन योगदान पुर्‍याएका प्रमुख शिक्षाविद्हरू र सामाजिक व्यक्तित्वहरू पनि कार्यक्रममा सहभागी थिए।

प्रकाशित मिति : २३ भदौ २०८१, आइतबार  ११ : २१ बजे

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई