३ आश्विन २०८१, बिहिबार | September 19, 2024

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

सञ्चालकलाई उपमहानगर उपस्थित हुने पुर्जी थमाएर बरामद कुहिएको मासु नष्ट



बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर बिरयानी पकाउने बुटवलको हैदराबादी मट्का बिरयानीका सञ्चालकलाई उपमहानगरले सामान्य हाजिर हुन आउने चिट काटेर छाडेको छ । हैदराबादी मट्का बिरयानीकानामले परिचित बुटवलको नेपालगन्ज रोड स्थित पुरानो बसर्पाकमा रहेको ‘हैदराबादी मट्का दम बिरयानी एन्ड मट्का लस्सी’मा अनुगमनका क्रममा कुहिएको मासुको बिरयानी बनाउने गरेको फेला परेपनि त्यसका संचालक जनक खड्कालाई उपमहानगर आउने पुर्जी काटिएकोे हो ।

चार वर्षअघि तामझामका साथ खुलेको मट्का बिरयानीले रेष्टुरेन्टमा भन्दा होम डेलिभरीमा प्राथमिकता दिँदै आएको थियो । हैदराबादको नाम दिएर प्रचार प्रसारमा उत्रिएका बिरयानी हाउसका सञ्चालकले बिरयानी तयार गर्दा कुहिएको मासु प्रयोग गर्ने गरेको अनुगमनका क्रममा खुलेको छ।

गत बिहिबार ग्राहकले बिरयानी खाने क्रममा फोहोर भाँडामै दिएको उजुरी बुटवल उपमहानगरमा गरेपछि माहानगरको अनुगमन टोलिले हैदरावाद दम बिरयानीमा अनुगमन गरेको थियो। बुटवल उपमहानगरपालिकाको अनुगमन टोलि सहित उपभोक्ता हित संरक्षण मञ्च बुटवल नगर कमिटीका प्रतिनिधि बिहिबार अनुगमन गर्न बिरयानी हाउस पुगेको थियो ।

ग्राहकको गुनासोको आधारमा हैदराबादी दम बिरयानीमा अनुगमन गरिएको बुटवल उपमहानगरपालिकाका अनुगमन शाखाका प्रमुख ठगिश्वर पोखरेलले बताए । अनुगमनका क्रममा बिरयानी बनाउन तयार गरिएको ५६.५ केजी सडेको मासु र केही कुखुराको छाला फेला परेको र त्यसलाई तुरुन्तै नष्ट गरिएको उनले बताए। उनले शुक्रबार देखि लगातार ३ दिन बिदा परेकाले कारवाहीको विषयमा कुनै निर्णय भईनसकेको बताए । ‘शील गर्ने वा मुद्दा चलाउने भन्ने कुरा पनि उठेको छ, सोमबार बस्ने बैठकले निर्णय गर्ला,’ उनले भने, ‘स्थानीय तहलाई चेतावनी वा जरिवाना सम्मको मात्र अधिकार छ ।’ मुद्दा वा शील गर्नुपरे जिल्ला अनुगमन समितिमा पठाउनु पर्ने ब्यवस्था रहेको उनले जनाए ।

खाद्य ऐनको दफा ५(४) मा कुनै दूषित खाद्य पदार्थ खानाले कुनै व्यक्तिको मृत्यू हुने सम्भावना भएमा वा मृत्यू भएमा वा शरीरलाई अपूरणीय क्षती भएमा वा हुने सम्भावना भएमा त्यस्तो दुषित खाद्य पदार्थ उत्पादन वा बिक्री वितरण गर्ने व्यक्तिलाई रु. १०,०००।– देखि रु. २५,०००।– सम्म जरिवाना र ३ वर्षसम्म कैद हुन सक्ने र निजले सो दूषित खाद्य पदार्थबाट प्रभावित व्यक्ति वा निजको हकदारलाई रु. २५,०००।– देखि रु.१,००,०००।– सम्म क्षतिपूर्ति दिनु पर्ने ब्यवस्था रहेको छ ।

सो ऐनले कुनै पनि खाद्य व्यवसायीलाई जनस्वास्थ्यमा हानी नपुराउने गरी स्वच्छ, सुरक्षित, र स्वस्थ खाद्य पदार्थ उपलब्ध गराउनुपर्ने ब्यवस्था गरेको छ । अनुगमन पश्चात कुहिएको मासुको बिरयानी बनाउने तयारी गरिएको फेला परेको विषयमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई मौखिक जानकारी गराईएकोमा सहायक प्रमुख जिल्ला अधिकारीले स्थानीय तहबाटै कारवाही गर्न भनिएको अनुगमनमा सँगै रहेका उपभोक्ता हित संरक्षण समिति बुटवल सकितिका अध्यक्ष समुन्द्र जिसीले बताए। उनले गम्भीर स्वास्थ्यमा असर गर्ने खाद्य पदार्थ भेटिएकाले शील गर्ने तर्फ आफुले ध्यानाकर्षण गराएको बताउँदै सोमबारको बैठकले आवश्यक कारवाही गर्ने विश्वास ब्यक्त गरे ।

उनले आवश्यक कारवाही गर्ने भनेपनि अनुगमन टोलिले मुद्दा चलाउने निर्णय गरको अवस्थामा त्यसका लागि आवश्यक पर्ने कुहिएको मासुको नमुना भने नष्ट गरिसकेको छ । खाद्य ऐन अनुसार कारवाहीका लागि मुद्दा चलाउनु परेको अवस्थामा अनुगमनमा फेला परेको अखाद्य बस्तुको नुमना खाद्य प्रयोगशालामा परिक्षणका लागि पेश गर्नु पर्ने व्यवस्था रहेको छ । सोमबार बस्ने बैठकले जरिवाना काट्ने बमहेक अन्य कारवाही गर्ने अवस्थाको अन्त्य भएको जिसीले बताए ।

 

प्रकाशित मिति : २२ भदौ २०८१, शनिबार  ६ : १३ बजे

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज हर्षाेल्लासका साथ मनाइँदै

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश

बाँकेमा २ मोटरसाइकल ठक्कर खाँदा दुबै मोटरसाइकल चालकको मृत्यु

नेपालगन्ज । बाँकेका राप्तीसोनारी गाउँपालिकामा २ मोटरसाइकल ठोक्किँदा २ जनाको

प्रधानमन्त्री ओली शुक्रबार न्यूयोर्क जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित

लुम्बिनी प्रदेशसभा सचिवालयले विभेद गरेको टेलिभिजन प्रसारक संघको आरोप

बुटवल । लुम्बिनी प्रदेशसभा सचिवालयले सञ्चार माध्यमहरुलाई बिभेदपुर्ण ब्यवहार गरेको

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा २० प्रतिशतसम्म छुट

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले र्‍याडिसन होटलमा उपलब्ध हुने