२२ कार्तिक २०८१, बिहिबार | November 7, 2024

नेपाल रेडक्रस सोसाइटीले ६२औँ स्थापना दिवस मनाउँदै



काठमाडौं । नेपाल रेडक्रस सोसाइटी(नेरेसो)ले बुधबार ६२औँ स्थापना दिवस मनाउँदै छ । सोसाइटीले आज जारी गरेको प्रेस विज्ञप्तिमार्फत यो वर्ष ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ स्थापना दिवस मनाउन लागेको उल्लेख गरेको छ ।

विज्ञप्तिमा नेपालको सबैभन्दा ठूलो मानवीय संस्थाका रूपमा रहेको यस सोसाइटीका करिब ११ लाखभन्दा बढी स्वयंसेवक मानवीय सेवाका कार्यमा सक्रिय भएको जनाएको छ ।

सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले जारी गरेको विज्ञप्तिमा हाल सोसाइटीको सात वटा प्रदेश समिति, ७७ जिल्ला शाखा, एक हजार छ सय १५ उपशाखा, एक सय २० सहयोग समिति र छ हजार नौ सय ३४ जुनियर तथा युवा सर्कलसहितको साङ्गठनिक संरचना रहेका छन् । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ र रेडक्रसको अन्तर्राष्ट्रिय समितिको सदस्य संस्थाका रुपमा स्थापना भई देशभर नै मानवीय सेवाका काम गर्दै आएको छ ।

‘म सेवा गर्छु’ भन्ने मूलमन्त्र राखी नेपाल रेडक्रस सोसाइटीले नेपाल सरकारको सहयोगीका रूपमा रही सङ्गठन विकास, जुनियर तथा युवा विकास, विपद् तथा सङ्कट व्यवस्थापन, सामुदायिक विकास, लैङ्गिक तथा समावेशीकरण, मानवीय मूल्य तथा रेडक्रस सिद्धान्तहरूको प्रवर्द्धन, स्वास्थ्य सेवा, रक्तसञ्चार सेवाजस्ता महत्त्वपूर्ण गतिविधि देशैभरि सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : १८ भदौ २०८१, मंगलबार  १० : २७ बजे

सामाजिक र सांस्कृतिक एकता बलियो बनाउन छठ पर्वले महत्वपूर्ण भूमिका खेलेको छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले छठ पर्वले सामाजिक

बेलायतमा नेपालको पर्यटन प्रवर्द्धन

काठमाडौं । संयुक्त अधिराज्यमा विश्वकै ठूलो पर्यटन मेला मानिने ‘वल्र्ड

निर्धारित समयमै विमानस्थलको स्तरोन्नति गर्न वायुसेवा सञ्चालक संघको माग

काठमाडौं । वायु सेवा सञ्चालक संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति

छठ व्रत र सझियाघाट आज

महोत्तरी । महोत्तरीसहितका मिथिला क्षेत्रमा आज छठ पर्वको रौनक छ

प्रधानमन्त्री ओलीद्वारा छठ पर्वको शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यको उपासना गरी मनाइने