२५ चैत्र २०८१, सोमबार | April 7, 2025

माओवादीको लुम्बिनी परामर्श बैठक सम्पन्न : प्रत्येक पार्टी सदस्यको अभिलेख राख्न प्रचण्डको निर्देशन



नेपालगन्ज। नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदशस्तरीय परामर्श बैठक आज सम्पन्न भएको छ । बैठकको दोस्रो दिन आज प्रदेश कमिटी तथा केन्द्रीय पदाधिकारीहरुले आफ्नो धारणा राखेका छन् ।

आजको बैठकमा २५ जना केन्द्रीय नेता तथा प्रदेश पदाधिकारीहरुले आ आफ्नो धारणा राखेका थिए । उनीहरुले पार्टी बिधि र पद्दतीमा संचालन नहुँदा संगठन कमजोर भएको निश्कर्ष सहित पार्टीको संगठनलाई चुस्त र बिधि सम्मत बनाउन नेतृत्वलाई सुझाव दिएका थिए । पार्टीका हरेक कमिटीहरु निर्वाचन पद्दतीबाट आउनु पर्ने धारणा राख्दै वक्ताहरुले जनताको आधारभूत वर्ग सम्म पुग्ने गरि कार्यक्रम बनाउन नेताहरुलाई सुझाव दिएका थिए ।

बैठकको समापन गर्दै माओवादी अध्यक्ष प्रचण्डले पार्टीको पहुँचलाई गाउँ गाउँसम्म पुर्याउन कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले पार्टीको संगठनलाई ब्यवस्थित बनाउन निर्देशन दिँदै पार्टीका प्रत्यक सदस्यहरुको अभिलेख राख्न नेताहरुलाई निर्देश गरे । ‘पार्टीमा कति सक्रिय छन्, कति व्यवसायी छन्, कति बैदेशिक रोजगारीमा छन् र कतिले के कस्तो ब्यवसाय गरेका छन् सबैको अभिलेख पार्टीमा हुनुपर्दछ ।’ प्रचण्डको भनाई उदृढ गर्दै बैठकमा सहभागी एक नेताले बताए ।

उनले संघ र प्रदेश सरकारको जिम्मेवारपूर्ण प्रतिपक्षकारुपमा आलोचना गर्न र माओवादीले नेतृत्व गरेको स्थानीय तहमा सेवाको गतिलाई बढाएर जनताको विश्वास जित्ने गरि काम गर्न प्रदेशमा खटिएका नेताहरुलाई आग्रह गरे । सघं र प्रदेशसमा सरकारले गर्ने कमजोरी र गल्तीहरुको शान्तिपूर्ण तरीकाबाट भण्डाफोर गर्न र माओवादीले नेतृत्व गरेको स्थानीयतहमा स्वमुल्यांकनमा उच्च अंक आउने गरि काम गर्न अध्यक्षबाट निर्देशन भएको ती नेताले बताए ।

२ दिन सम्म चलेको बैठकमा सहभागी सबै नेताहरु नेपालगन्ज स्थित बिभिन्न पार्टी समर्थकको घरमा बास बसेका थिए । अध्यक्ष प्रचण्ड भने नेपाल राष्ट्र बैंकको अतिथि गृहमा बसेका थिए । नेपालगन्ज बस्ने क्रममा प्रचण्डले नेपालगन्ज रङ्गशालाको र नेपालगञ्ज एकीकृत जाँचचौकी (आईसिपी) नेपालगन्जको अवलोकन गरेका थिए ।

माओवादीले हाल सम्म लुम्बिनी सहित बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशको बैठक सम्पन्न गरेको छ ।

प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय समिति बैठक बस्नेछ। केन्द्रीय समितिले ठोस निर्णय गरेर नियमित कार्यक्रमिकरूपमा जनतामा जाने माओवादी केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : १७ भदौ २०८१, सोमबार  ५ : ४६ बजे

रजक मृत्यु प्रकरण : तीनकुनेमा आगजनी भएको घरभित्र देखिएकी एनी कुँवर पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले

हिउँपहिरोमा दुईजना बेपत्ता

म्याग्दी । म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर दुईजना बेपत्ता भएका

संविधानअन्तर्गत शपथ खाएर संसद्मा संविधान मान्दिनँ भनिनु इमानदारिताको खडेरी हो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानअन्तर्गत शपथ खाएर संसद्मा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको रोकावटले उद्योगी व्यवसायीलाई चिन्तित बनायो

बुटवल । नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद

उत्पादन र आर्थिक समृद्धिमा जोडिन बुटवल उपमहानगरका नगर प्रमुख पाण्डेयको आह्वान

बुटवल । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उत्पादन र