३ आश्विन २०८१, बिहिबार | September 19, 2024

काभ्रेमा अलग अलग दुर्घटनामा दुईजनाको मृत्यु



काभ्रेपलाञ्चोक । काभ्रेमा आइतबार भएका दुई छुट्टाछुट्टै दुर्घटनामा गम्भीर घाइते दुईजनाको गए राति उपचारका क्रममा मृत्यु भएको छ । करेन्ट लागी घाइते मजदुर र मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते एक वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

पनौती नगरपालिका-६ स्थित निर्माणाधीन नेपाल प्रहरी प्रतिष्ठानको भवनमा दिउँसो ढलान गर्ने क्रममा करेन्ट लागेर सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका-१ का २० वर्षीय सविन चौधरीको मत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते चौधरीको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै बनेपा-पनौती सडकखण्डअन्तर्गत पनौती नपा-५ ढलमलेमा आइतबार साँझ मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते पैदलत्रात्रु ६३ वर्षीय काजीबहादुर गुरुङको मृत्यु भएको हो । बनेपाबाट पनौतीतर्फ जाँदै गरेको प्रदेश ३-०२-०१३ प ०७५१ नम्बरको मोटरसाइकलले गुरुङलाई ठक्कर दिँदा टाउको र बायाँ खुट्टामा चोट लागेपछि उनको उपचारका लागि काठमाडौँको नर्भिक अस्पताल लगिएकामा उपचारका क्रममा गए राति मृत्यु भएको जनाइएको छ ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक बनेपा नपा-७ का १७ वर्षीय सौरभ श्रेष्ठ र पछाडि बस्ने सोही वडाका १६ वर्षीय रियान प्रधान समान्य घाइते भएका थिए । दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ भदौ २०८१, सोमबार  ७ : १७ बजे

बाँकेमा २ मोटरसाइकल ठक्कर खाँदा दुबै मोटरसाइकल चालकको मृत्यु

नेपालगन्ज । बाँकेका राप्तीसोनारी गाउँपालिकामा २ मोटरसाइकल ठोक्किँदा २ जनाको

प्रधानमन्त्री ओली शुक्रबार न्यूयोर्क जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित

लुम्बिनी प्रदेशसभा सचिवालयले विभेद गरेको टेलिभिजन प्रसारक संघको आरोप

बुटवल । लुम्बिनी प्रदेशसभा सचिवालयले सञ्चार माध्यमहरुलाई बिभेदपुर्ण ब्यवहार गरेको

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा २० प्रतिशतसम्म छुट

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले र्‍याडिसन होटलमा उपलब्ध हुने

‘लोकतन्त्र र संविधान’ विषयक पोस्टर कला प्रदर्शनी

काठमाडौँ । संविधान र लोकतन्त्रको महत्त्व बढाउन नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको