३ आश्विन २०८१, बिहिबार | September 19, 2024

रास्वपाद्वारा पूर्वमहामन्त्री ढकाललाई साधारण सदस्यबाट निष्काशित



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्वमहामन्त्री तथा पार्टी सदस्य मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्काशित गरेको छ ।

पार्टीकोे केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकले ढकालको साधारण सदस्यता खारेजी गर्ने निर्णय गरेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । रास्वापाको केन्द्रीय समितिको आजको बैठकबारे जानकारी दिँदै महामन्त्री बुर्लाकोटीले भने, “बैठकले पार्टीको विधानको धारा ५६ (३) बमोजिम पार्टी सदस्य मुकुल ढकालको साधारण सदस्यता खारेजी गर्ने निर्णय गरेको छ ।”

केन्द्रीय समितिकोे यसअघिको बैठकले केन्द्रीय अनुशासन आयोगको सिफारिससहितको प्रतिवेदनका आधारमा पूर्वमहामन्त्री तथा पार्टी सदस्य मुकुल ढकाललाई पार्टी विधानअनुसार अन्तिमपटक स्पष्टीकरणको मौका दिएको थियो ।

आजको बैठकमा आगामी असोज १ र २ गते राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । प्रतिनिधि रजिष्ट्रेसन व्यवस्थापन, स्रोत व्यवस्थापन, यातायात तथा आवास, सुरक्षा तथा कानुन, स्वंयसेवक व्यवस्थापन, क्याटरिङ व्यवस्थापन, अडियो भिजुअल, स्वास्थ्य क्लिनिक, बुथ व्यवस्थापनलगायत विभिन्न १४ वटा उपसमिति गठन गर्ने निर्णय गरेको छ ।

बैठकमा पार्टीले तयार गरेको स्थानीय छायाँ सरकार सञ्चालन कार्यविधि, २०८१ को मस्यौदा प्रस्तुत गरेको थियो । केन्द्रीय समितिले उक्त मस्यौदामा थप सुझाव लिने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति : ११ भदौ २०८१, मंगलबार  ८ : ५८ बजे

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा

काठमाडौं । आश्विन शुक्ल पूर्णिमाको अवसरमा ‘येंया पुन्हिया मेय् प्वाः

यस्तो छ आजको मौसम

काठमाडौं । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र

ओमानसँग पनि नेपाल पराजित

काठमाडौं । नेपाल आइसीसी विश्वकप लिग-२ अन्तर्गत ओमानविरुद्ध पनि पराजित

संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य