२५ चैत्र २०८१, सोमबार | April 7, 2025

मर्स्याङ्दी नदीमा खसेको बस निकाल्न मुग्लिन-ऑबुखैरेनी सडकखण्ड चार घण्टा अवरुद्ध गरिने



तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको ऑबुखैरेनी–मुग्लिन सडकखण्ड चार घण्टा अवरुद्ध हुने भएको छ । ऑबुखैरेनी-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको भारतीय बस दुर्घटना भएकामा उक्त बस निकाल्नका लागि सोमबार बिहान ६ः३० देखि चार घण्टा उक्त सडक अवरुद्ध हुन लागेको हो ।

राजमार्गमा सवारीको चाप हुने भएकाले सडक बन्द गरी उक्त बस निकाल्न लागिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए । शनिबार क्रेनको सहायताबाट बस निकाल्ने प्रयास गरिएपनि दश मिटरमात्रै तानिएको उनको भनाइ छ । उनले भने, “सडक बन्द नगर्दा काम गर्न अप्ठ्यारो हुने भएकाले चार घण्टा सवारी आवागमन रोकिनेछ ।“

पोखराबाट काठमाडौतर्फ जॉदै गरेको बस नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । दुर्घटनामा घाइते १६ जनाको काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बेपत्ता एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ भदौ २०८१, आइतबार  ९ : ५२ बजे

तिलोत्तमाको गुट्खाजन्य पदार्थ बिक्रीवितरणमा रोकको घोषणा घोषणामै सीमित

तिलोत्तमा । विसं २०७९ चैत १ गतेदेखि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले

प्रधानमन्त्रीद्वारा पत्रकार भैरव रिसालको निधनमा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रज पत्रकार भैरव रिसालको निधन

रवि लामिछानेलाई भैरहवा जेलको ब्लक नम्बर ४

भैरहवा । रवि लामिछाने अन्ततः कारागार चलान भएका छन् ।

रास्वपाका सभापति रवि लामिछाने भैरहवा कारागार चलान

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई

होटल पौवामा स्वाद उत्सव तथा सम्मान कार्यक्रम

बुटवल । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ