३ आश्विन २०८१, बिहिबार | September 19, 2024

बुटवलमा वडा अध्यक्षको आदेश -‘ब्यवसायिक संघसंस्थासँग समन्वय नगरी ब्यापार ब्यवसाय नगर्नु’

वडा अध्यक्षले ब्यापारमा'सेण्डिकेट' ब्युँताएपछि जुत्ता मेला अन्यौलमा



बुटवल । सरकारले अन्त्य भएको भनिएको ब्यवसायमा ‘सेण्डिकेट’लाई बुटवलको एक वडा सरकारले ब्युँताईदिएको छ । ब्यापार व्यवसायमा हुने गरेको एकाधिकारको अन्त्य गर्दै हरेक नागरिकले कानुन बमोजिम स्वतन्त्र ब्यवसाय गर्न पाउने गरि स्थापित अधिकारलाई बन्चित गर्दै बुटवलको ८ नम्बर वडा कार्यालयले एकाधिकारलाई कायम गर्दै अन्त्य भएको भनिएको ‘सेण्डिकेट’लाई ब्युँताईदिएको हो ।

नेपाल सरकारको सबै कानूनी प्रक्रिया पुरा गरि सरकारका आधिकारीक निकायमा दर्ता रहेको नेपाली लुगा घर प्रालीलाई आफ्नो ब्यवसायीक कर्म गर्न गैरसरकारी संस्थाकारुपमा दर्ता भएको ब्यापारिक संस्थाको समन्वय बिना गर्न नपाईने अथ्र्याउँदै वडा सरकारले रोक लगाउने प्रयास गरेको छ । सरकारको आधिकारीक निकायमा दर्ता प्रक्रिया पुरा गरि ब्यवसाय गर्न आएको लुगा घरलाई बिभिन्न नामका संघ संथहरुसँग समन्वय गरेर मात्र संचालन गर्न निर्देशन गर्दै वडा अध्यक्ष यज्ञप्रसाद पंगेनीले ब्यवसायमा एकाधिकारलाई स्थापित गरिदिएका छन् ।

वडा नम्बर ८ का वडा अध्यक्ष पंगेनीको निर्देशनबाट अव बुटवलमा बैधानिक ब्यापार गर्न बिभिन्न दल निकट रहेर ब्यवसायीक गतिबिधि गरिरहेका संघ संस्थाहरुको स्वीकृति लिनुपर्ने देखिएको ब्यवसायीहरुले बताएका छन् । लुगा घर प्रालीका संचालक प्रकाश भुसालले वडा कार्यालयले क्रुर खालको ‘सेण्डिकेट’ लगाएको बताए । उनले कम्पनी देखि उपमहानगर र वडामा कर तिरेको एक ब्यवसायिक संस्थालाई स्वतन्त्ररुपमा काम गर्न नदिनु मानवियता बिरोधी कार्य भएको बताए । आफुले गल्ती गरेको भए जेल जान तयार रहेको बताउँदै उनले ब्यवसाय दर्ता गर्दा समन्वय र सिफारिस नखोज्ने वडाले ब्यवसायिक गतिबिधि संचालन गर्दा संघको समन्वय गर्न बाध्य पारिनु गलत भएको बताए । ‘मैले उपभोक्ता ठगेको भए, कर छलेको भए वा कसैको केही बिगारेको भए हतकडी लगाएर जेल पठाईयोस्,’ उनले भने, ‘अन्यथा गैरकानुनीरुपमा बैध ब्यापारलाई प्रतिबन्ध लगाउन पाईँदैन ।’

उनले पहिले वडाबाटै समाधान खोज्ने र न्याय नपाएर कानुनी उपचार खोज्ने पनि जानकारी दिए ।

सिजनका बेला मेला संचालन गर्दा आफ्ना सदस्यहरु सहित बुटवलका ब्यवसायीहरुको ब्यवसाय धरापमा पर्ने भन्दै वडा कार्यालय गुहार्न पुगेको रुपन्देही ब्यापार संघका अध्यक्ष दिपक अधिकारीले आफुले आफ्नो ब्यवसायिक धर्म र कर्तब्य निभाएको बताए । वर्षभरि ब्यापारमा मन्दी खेपेर बसेका ब्यवसायीहरुलाई सिजन सुरु हुने बेलामा उद्योगहरु आफैले मेला संचालन गर्दा ब्यवसाय धरापमा पर्ने उनले बताए । उनले मेलाका कारण ब्यवसायमा धक्का पुग्ने भन्दै ब्यवसायीले निवेदन दिएपछि आफुले वडामा पत्र पठाएको जनाए ।

उनले वडाले पहिले नै मेला संचालन गर्न दिनु गलत भएको उल्लेख गर्दै पछिल्लो पत्रमा पनि वडाले ‘सेण्डिकेट’ लागु गर्ने शैलीमा पत्राचार गरेको टिप्पणी गरे । आफुहरुले कुनै ‘सेण्डिकेट’ लगाउन नखोजेको अधिकारीले स्पष्ट पारे ।

रुपन्देही उद्योग संघका कार्यबाहक अध्यक्ष कृष्ण पराजुलीले राजश्वको लोभमा उपमहानगरले जतासुकै मेला चलाउन स्वीकृती दिन नहुने बताए । मेला, प्रदर्शनी र महोत्सवका लागि ठाँउ बनिसकेकाले खुल्ला स्थान जतापनि मेला चलाउन दिनु गलत भएको उनले बताए ।

यस सम्बन्धमा प्रतिक्रियाका लागि पटक पटक सम्पर्क गर्दा पनि बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि अर्यालले भने मोबाइल उठाएनन् ।

उता ब्यवसायीक संघ संस्थाको समन्वय मिना ब्यापार ब्यवसाय संचालन नगर्न निर्देशन दिएका बुटवल ८ का वडा अध्यक्ष पंगेनीले भने आफु दवावमा परेर त्यस्तो पत्र लेख्नु परेको बताए । खबरकुरासँग कुरा गर्दै उनले कर तिरेको, ब्यवसाय दर्ता भएको कम्पनीलाई ब्यवसाय गर्न रोक लगाउन नहुने आफ्नो मान्यता रहेपनि आफु घेराबन्दी र दवावमा परेर पत्र काट्नु परेको बताए । उनलाई सो पत्र लेख्न कस्ले बाध्य पारेको भन्ने प्रश्नको भने जवाफ दिएनन् । ‘मलाई पुरै रोक्नु भन्ने दवाव थियो, तर मैले समन्वय गरेर चलाउनु भनेर मात्र पत्र लेखें ।’ उनले भने ।

उता ब्यवसायीक संघ संस्थाको समन्वय विना ब्यापार ब्यवसाय संचालन नगर्न निर्देशन दिएका बुटवल ८ का वडा अध्यक्ष पंगेनीले भने आफु दवावमा परेर त्यस्तो पत्र लेख्नु परेको बताए । उनले कर तिरेको, ब्यवसाय दर्ता भएको कम्पनीलाई ब्यवसाय गर्न रोक लगाउन नहुने आफ्नो मान्यता रहेपनि आफु घेराबन्दी र दवावमा परेर पत्र काट्नु परेको बताए । उनलाई सो पत्र लेख्न कस्ले बाध्य पारेको भन्ने प्रश्नको भने जवाफ दिएनन् । ‘मलाई पुरै रोक्नु भन्ने दवाव थियो, तर मैले समन्वय गरेर चलाउनु भनेर मात्र पत्र लेखें ।’ उनले भने ।

मेलाका बिरुद्ध उभिएका ब्यवसायीहरुको एक हुलले आज मेला स्थल तोडफोड गर्नुका साथै केही आयोजकका कर्मचारीमाथि हातपात समेत गरेका थिए । ब्यवसायीहरुको दवाव र वडाको निर्देशनका कारण आजबाट संचालन गर्ने भनिएको जुत्ता मेला नै अनिश्चित बनेको छ ।

प्रकाशित मिति : ९ भदौ २०८१, आइतबार  ७ : ४३ बजे

संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज हर्षाेल्लासका साथ मनाइँदै

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश

बाँकेमा २ मोटरसाइकल ठक्कर खाँदा दुबै मोटरसाइकल चालकको मृत्यु

नेपालगन्ज । बाँकेका राप्तीसोनारी गाउँपालिकामा २ मोटरसाइकल ठोक्किँदा २ जनाको

प्रधानमन्त्री ओली शुक्रबार न्यूयोर्क जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित

लुम्बिनी प्रदेशसभा सचिवालयले विभेद गरेको टेलिभिजन प्रसारक संघको आरोप

बुटवल । लुम्बिनी प्रदेशसभा सचिवालयले सञ्चार माध्यमहरुलाई बिभेदपुर्ण ब्यवहार गरेको