२८ चैत्र २०८१, बिहिबार | April 11, 2025

सामाजिक सञ्जालमा बिभिन्न आश्वासन दिई नेपाली महिला ठग्ने गिरोहका एक बिदेशी प्रहरीको फन्दामा



काठमाडौँ । सामाजिक सञ्जालबाट नेपाली महिलाहरुलाई प्रलोभन देखाएर ठगी गर्ने गिरोहका एकजना बिदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । फेसबुक, भाईबर र इमोमा कहिले लट्रि परेको भन्ने सुचना दिएर त कहिले मानविय सहयायता भन्दै आश्वासन दिने र ठगी गर्ने गिरोहका रिपब्लिका दि एङ्गोलाका ४८ वर्षीय सिल्भा एन्टोनियो दा कोस्टालाई पक्राउ गरेको हो ।

पछिल्लो घटना अनुसार सामाजिक सञ्जालमा एक महिलालाई आफू लण्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर रहेको र नेपाल आएपछि बिहे गर्ने भनी रु ४८ लाख ५४ हजार ४२० ठगी गर्ने दा कोस्टालाई प्रहरीको महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो।

पीडित महिलालाई नयाँ वर्षको अवसरमा हिराको औँठी, घडी, सुनको सिक्री र नगद रु दुई लाख ३० हजार पाउण्ड पठाएको र सामानको भन्सार र एक्सचेञ्ज चार्ज बुझाउन पर्‍यो भनी उक्त रकम ठगी गरेको महानगरिय प्रहरीले प्रकाशित गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ । ठगी गर्ने विदेशी नागरिक दा कोस्टालाई शुक्रबार सोल्टी होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दा कोस्टाले भन्सार छुटाउनका लागि पीडित महिलासँग थप रु २० लाख मागेपछि प्रहरीको टोलीले शुक्रबार सोल्टी होटलबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका व्यक्तिले सोहीदिन अर्की युवतीबाट पनि रु ३७ हजार ठगी गरेको अनुसन्धानमा खुलेको छ।

प्रहरीले कोष्टाको ठमेलस्थित कोठाबाट नक्कली नोट बनाउन प्रयोग हुने केमिकल र कागजसमेत बरामद गरेको प्रबिज्ञप्तिमा उल्लेख छ। पक्राउ परेका उनी अघिल्लो वर्षको फागुन देखि नेपालमा बस्दै आएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दा कोस्टासँग नेपाली तीन लाख १५ हजार ७४५ नगद, अमेरिकन डलर ९००, एटिएम कार्ड, ल्यापट एक थान, नक्कली नेपाली एक हजारका नोट तीन थान, नोट आकारको कालो कागजको बण्डल, ए फोर पेपरलगायतका सामग्री प्रहरीले बरामद गरेको छ। पक्राउ व्यक्तिलाई जिल्ला अदालतको पाँच दिनको म्याद थप गरी अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ। पक्राउ परेका ब्यक्तिको सम्पर्कमा रहेका अन्यको खोजि भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १ भदौ २०७७, सोमबार  ९ : ४५ बजे

नेपाल प्रहरीले भन्यो – ‘दुर्गा प्रसाईं पक्राउ परेका छैनन्’

काठमाडौँ । राजावादीहरुको हिँसात्मक तीनकुने घटनापछि फरार भएका मेडिकल ब्यवसायी

शिक्षा मन्त्रालय र शिक्षक महासङ्घबीच पहिलो छलफल सम्पन्न

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र आन्दोलनरत नेपाल

दुर्गा प्रसाई भारतको आसाम राज्यबाट पक्राउ, प्रसाईको सचिवालयले भन्यो आफै आत्मसमर्पण

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाई भारतबाट पक्राउ परेका छन्

‘संविधान कार्यान्वयनको अवस्थाबारे समीक्षा गरौँ’

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनको अवस्थाबारे

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धको मृत्यु

अर्घाखाँची । जिल्लाको भूमिकास्थान नगरपालिकामा चट्याङ लागेर एकजनाको मृत्यु भएको