ढाका । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध ९ वर्ष पुरानो अपहरणको मुद्दा दर्ता भएको छ । उजुरीकर्ता सोहेल राणा सर्वोच्च अदालतका वकिल हुन् ।
२०१५ जुन ६ को राति साथीसँग हिँडिरहेको अवस्था थियो । त्यसपछि र्यापिड एक्सन बटालियनका केही सिपाहीहरूले उनलाई अपहरण गरेका थिए । उनीहरुलाई कुटपिट गरी बिजुलीको झटका दिइयो । उनी ३८ दिनपछि १३ अगस्टमा रिहा भएका थिए ।
सोही विषयलाई लिएर अहिले हसिना बिरुद्ध मुद्धा हालेका हुन् ।
प्रतिक्रिया