३ आश्विन २०८१, बिहिबार | September 19, 2024

कर्णाली राजमार्ग खुल्यो



जुम्ला । पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । सुर्खेत-जुम्ला सडकअन्तर्गत कालिकोटको पिली, कल्यानखोला र बिर्तामोडमा खसेको पहिरो हटाएसँगै अवरुद्ध सडक आज बिहानदेखि खुलेको हो ।

जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीका अनुसार पहिरो हटाएपछि राजमार्ग पूर्ण रूपमा सञ्चालन भएको छ । उक्त स्थानमा सानाठूला पहिरो खस्दा राजमार्ग अवरुद्ध हुने गरेको छ ।

पर्याप्त बजेट नहुँदा समय समयमा राजमार्गको स्तरोन्नति गर्न कठिनाइ भएको बताउँदै उनले उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरी सडक मर्मतसम्भार गर्दै आएको बताए । स्थानीयवासीले अविलम्ब सडकको स्तरोन्नति गर्न माग गरेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ८ : ५७ बजे

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day

‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री सहभागी

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना गरिएको