१९ चैत्र २०८१, मंगलबार | April 1, 2025

माछापुच्छ्रे बैंक र इ-क्यान झापाबीच बीच सम्झौता



माछापुच्छ्रे बैंक लि. र एडुकेशन कन्सल्टेन्सी एसोसिएसन अफ नेपाल (इकयान झापा) बीच विशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी व्यवसायिक सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौतापत्रमा इ-क्यान झापाको तर्फबाट अध्यक्ष श्री रोशन सुबेदी तथा माछापुच्छ्रे बैंकको तर्फबाट सहायक महाप्रबन्धक श्री भरत कुमार लम्सालले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात इ-क्यान, झापामा आवद्ध परामर्शदाताहरुलाई बैंकले शैक्षिक कर्जा एवं अन्य आवश्यक बैंकिङ्ग सेवाहरु सरल र सहज रुपमा उपलब्ध गराउनेछ । साथै इक्यान झापामा आवद्ध परामर्शदाताहरुको सिफारिसमा आउनुहुने सेवाग्राहीले सहज र सरल ढंगले शैक्षिक कर्जा प्राप्त गर्ने, स्वीफ्ट पेमेन्टमार्फत विभिन्न शुल्क भुक्तानी गर्ने लगायतका पूर्ण सेवा बैंकका सबै शाखा कार्यालयबाट प्राप्त गर्न सक्नेछन् ।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा कार्यालय, १२ वटा एक्सटेन्सन काउन्टर, १६७ स्थानमा शाखारहित बैंकिङ्ग सेवा तथा २०० स्थानमा रहेका एटिएम मार्फत १५ लाखभन्दा बढी ग्राहक महानुभावहरुलाई अत्याधुनिक सेवा प्रदान गर्दै आइरहेको छ ।

 

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ५ : ५४ बजे

प्रधानमन्त्री ओली आज थाइल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो थाइल्याण्डको औपचारिक

नारायणगढ-बुटवल सडक : पूर्वी खण्डमा कालोपत्र

नवलपरासी । नारायणगढ-बुटवल सडक निर्माण योजनाको पूर्वी खण्डमा ५० किलोमिटर

साइन रेसुङ्गा कर्पोरेट कप फुटसलको उपाधी इन्जिनियर्सलाइ

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको आयोजनामा बुटवलमा सम्पन्न

पशुपति क्षेत्रमा वत्सलेश्वरी जात्रा समापन

काठमाडौं । मुलुकमा शान्ति स्थापना होस् भन्ने कामनाका साथ पशुपति

आजबाट संसदको हिउँदे अधिवेशन सकिँदै

काठमाडौं । सरकारले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को चालु अधिवेशन