३ आश्विन २०८१, बिहिबार | September 19, 2024

तालाबन्दीप्रति बौद्ध सङ्घसंस्थाको विमति



काठमाडौं । धर्मोदय सभा र अन्य बौद्ध सङ्घसंस्थाले लुम्बिनी विकास कोषमा गरिएको तालाबन्दी, घेराउलाई अशोभनीय क्रियाकलाप भन्दैे त्यसप्रति विरोध जनाएका छन् ।

लुम्बिनी नगर क्षेत्रका स्थानीय बासिन्दासहित केही समूहले प्रस्तुत गरेका मागप्रति विमति जनाउँदै सभाद्वारा प्रेषित विज्ञप्तिमा भनिएको छ, “लुम्बिनी विकास कोषसामु प्रस्तुत माग सकारात्मक भए पनि कोष गठन ऐन कानुन बमोजिम हुने तथा कोष स्थानीयलाई जिम्मा दिनु पर्ने माग जायज ठहर्न सक्दैन । मापदण्डअनुसार योग्यता पुगेकालाई स्थान दिनुपर्ने विषयलाई मागपत्रमै लेखिनुले शङ्का उब्जाएको छ ।”

अखिल नेपाल भिक्षु महासङ्घ, नेपाल बौद्ध महासङ्घ, नेपाल परम्परागत बौद्धधर्म सङ्घ, लोटस रिसर्च सेन्टर तथा नेपाल मगर बौद्ध सेवा समाजले मायादेवी मन्दिरमा पूजापाठ गर्ने पुजारी नियुक्त गर्नुपर्ने मागप्रति असहमति जनाएका हुन् । यी संस्थाले लुम्बिनीको महत्व र संवेदनशीलतालाई दृष्टिगत यो विश्व सम्पदा क्षेत्रमा अशान्ति हुने कुनै किसिमका गतिविधि नगर्न सम्बन्धित सबैसँग अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  १ : ११ बजे

बाँकेमा २ मोटरसाइकल ठक्कर खाँदा दुबै मोटरसाइकल चालकको मृत्यु

नेपालगन्ज । बाँकेका राप्तीसोनारी गाउँपालिकामा २ मोटरसाइकल ठोक्किँदा २ जनाको

प्रधानमन्त्री ओली शुक्रबार न्यूयोर्क जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित

लुम्बिनी प्रदेशसभा सचिवालयले विभेद गरेको टेलिभिजन प्रसारक संघको आरोप

बुटवल । लुम्बिनी प्रदेशसभा सचिवालयले सञ्चार माध्यमहरुलाई बिभेदपुर्ण ब्यवहार गरेको

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा २० प्रतिशतसम्म छुट

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले र्‍याडिसन होटलमा उपलब्ध हुने

‘लोकतन्त्र र संविधान’ विषयक पोस्टर कला प्रदर्शनी

काठमाडौँ । संविधान र लोकतन्त्रको महत्त्व बढाउन नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको