२८ मंसिर २०८२, आइतबार | December 14, 2025

चितवनको भरतपुर अस्पतालका मेसुसहित वरिष्ठ चिकित्सकहरुलाई कोरोना संक्रमण



चितवन । चितवनस्थित भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई नै कोरोना भाइरसको संक्रमण भएको छ ।

भरतपुर अस्पतालका मेसु डा. श्रीराम तिवारीसहित ३ जना वरिष्ठ चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

शनिबार राति भरतपुरअस्पतालको कोभिड–१९ प्रयोगशालामा चार सय ७४ जनाको नमूना परीक्षण गर्दा मेसु तिवारीसहित अस्पतालको स्त्री तथा प्रसूति रोग विभागका प्रमुख प्राडा. सुनिलमणि पोखरेल र आकस्मिक कक्षका चिकित्सक डा. कृपा पौडेललाई कोरोना संक्रमण पुष्टि भएको हो।

उनीहरुसति कुल २८ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये २७ जना चितवनका र एक जना सर्लाहीका रहेका छन् । संक्रमितमा वीपी कोइराला क्यान्सर अस्पतालका पाँच जना नर्ससमेत रहेका छन्। भरतपुर महानगरपालिकाका मात्रै २१ जना संक्रमित देखिएका छन् ।

संक्रमित मेसु डा. तिवारी अस्पतालकै आइसोलेसन वार्डमा बसेका छन् । संक्रमित चिकित्सकहरुको अवस्था सामान्य रहेको भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिएका छन् ।

अस्पतालका फ्रन्टलाइनमा खटिएका वरिष्ठ चिकित्सकहरुमै संक्रमण देखिएपछि सेवा प्रभावित हुने भएको छ । अहिले, चिकित्सक र नर्सको म्पर्कमा आएकाहरुको कन्ट्याक्क ट्रेसिङ गर्ने काम सुरु भएको छ । यद्यपी, अस्पतालका अन्य वरिष्ठ चिकित्सकहरुको संयोजनमा दैनिक कार्य हुने भरतपुर अस्पतालले जनाएको छ ।

भरतपुर अस्पतालको आइसोलेसन कक्षमा यसअघि ३६ जना संक्रमित राखिएका थिए । अस्पताल बाहिर होम क्वारेन्टाइनमा १३ जना छन् ।

भरतपुरमा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्न थालेपछि महानगरपालिकाले निषेधाज्ञा लगाएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ९ : ०६ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%