२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

कार्यदलले शिर्ष नेतालाई बुझायो सङ्क्रमणकालीन न्यायसम्बन्धी प्रतिवेदन



काठमाडौं । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्गो लगाउन गठित राजनीतिक कार्यदलले शिर्ष नेतालाई प्रतिवेदन बुझाएको छ ।

गृहमन्त्री रमेश लेखक, माओवादीका उपमहासचिव जनार्दन शर्मा र एमाले मुख्य सचेतक महेश बर्तौला रहेको कार्यदलले गत विहिबार नै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा रहेका विवादमा सहमति जुटाएको थियो ।

कार्यदलले बुधबार प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको हो ।

सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्‍याउन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन (टिआरसी), २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा कार्यदलका सदस्यहरूबिच सहमति भएको छ । साथै पीडितलाई केन्द्रमा राखेर, सर्वोच्चका नजिरलाई ख्याल गरेर अन्तर्राष्ट्रिय कानुनसँग नबाझिने गरी सहमति गरिएको छ ।

यस विधेयकलाई चालु संसदबाटै पारित गरेर अघि बढाउने तयारीमा शिर्ष नेताहरु रहेका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १२ : १५ बजे

रवि पक्राउबारे प्रहरीले गरायो सभामुखलाई जानकारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ

होटलमा बस्न आएका ग्राहकबाटै लुटिए होटल संचालक

कोहलपुर । बाँकेको कोहलपुरमा होटलमा कोठा लिएर बसेका ग्राहकबाटै होटल

रास्वपा सभापति लामिछाने पक्राउ, सडकमार्ग हुँदै पोखरा लगिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफ्नो

रास्वपा सभापति लामिछानेलाई पक्राउ गरी कास्की ल्याइने

पोखरा । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा

रास्वपा सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएर पार्टी कार्यालय पुग्यो प्रहरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध