३ आश्विन २०८१, बिहिबार | September 19, 2024

पाल्पा-गुल्मी सडक एकतर्फी यातायात सञ्चालन



पाल्पा । पाल्पा-गुल्मी सडक अन्तर्गत बर्तुङ-रिडी खण्डको जोर्तेमा २ ठुला ढुङ्गाहरु खसेर पूर्णरुपमा बन्द भएको सडक एकतर्फी सञ्चालनमा आएको छ । आज १०ः३० बजेबाट सो सडक एकतर्फी संचालनमा आएको हो ।

बर्तुङ रिडी खण्डको जोर्तेमा ढुङ्गाहरु खसेका कारण अवरुद्ध सडक हेभी इक्युपमेन्ट डिभिजन बुटवलको सहयोगमा विभागीय लोडर तथा एक्साभेटर प्रयोग गरी आज बिहान करिब १०ः३० देखि एकतर्फी यातायात सञ्चालनमा आएको सडक डिभिजन पाल्पाले जानकारी दिएको छ । सडक कार्यालयले ढुङ्गाहरु खस्ने जोखिम अझै रहेकाले सतर्क भएर यात्रा गर्न यात्रुहरुलाई आग्रह समेत गरेको छ ।

विभागीय लोडर प्रयोग गरी ढुङ्गा पन्छाउन नसकिएपछि हेभी इक्युपमेन्ट डिभिजन बुटवलको सहयोग मागिएको सडक डिभिजन पाल्पाले जनाएको छ । २ ठुला ढुङ्गा सडकमा खसेका कारण पाल्पा गुल्मीको सडक यातायात पूर्णरुपमा बन्द भएको थियो ।

 

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ११ : ३१ बजे

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा

काठमाडौं । आश्विन शुक्ल पूर्णिमाको अवसरमा ‘येंया पुन्हिया मेय् प्वाः

यस्तो छ आजको मौसम

काठमाडौं । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र

ओमानसँग पनि नेपाल पराजित

काठमाडौं । नेपाल आइसीसी विश्वकप लिग-२ अन्तर्गत ओमानविरुद्ध पनि पराजित

संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य