२८ मंसिर २०८२, आइतबार | December 14, 2025

आज र भोलि अति भारी वर्षा हुनसक्ने भन्दै ३४ जिल्लालाई राखियो ‘हाई अलर्ट’मा

रात्री बस नचलाउन र जरुरी काम बाहेक यात्रा नगर्न आग्रह



काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशका विभिन्न स्थानमा भारी र अति भारी वर्षा हुनसक्ने पूर्वानूमान गरेपछि राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका बिभिन्न जिल्लाहरुमा रात्रीबस संचालन नगर्न सूचना जारी गरेको छ । रातको समयमा बाढी पहिरोको आकलन गर्न कठिन हुने भएकाले जोखिममा रहेको जिल्लामा रात्रिकालीन बस नचलाउन प्राधिकरणले अनुरोध गरेको हो ।

प्राधिकरणले अति भारी वर्षाका कारण विपदका घटना हुनसक्ने भन्दै रात्रीबस संचालन नगर्न, जरुरी काम बाहेक यात्रा नगर्न, नदी किनाराका बासिन्दा चनाखो रहन र समस्या परे सुरक्षा निकायमा तुरुन्त खबर गर्न र उच्च सतर्कता अपनाउन सूचना जारी गरेको छ । बाढीको समयमा दाउरा निकाल्न तथा माछा मार्नको लागि नदीमा नजान पनि प्राधिकरणले आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले यस अघि मौसमको पूर्वानूमान गर्दै अति भारी वर्षाबाट ३४ जिल्ला उच्च जोखिममा रहेको जनाएको छ । विभागले ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, रसुवा, सिन्धुपाल्चोक, चितवन, दोलखा, धादिङ, नुवाकोटलाई उच्च जोखमको सूचीमा राखेको छ ।

त्यस्तै म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, पूर्वी नवलपरासी, लमजुङ र गोखरामा पनि उच्च जोखममा रहेको विभागले जनाएको छ भने विभागका अनुसार कपिलवुस्त, रुपन्देही, पाल्पा, गुल्मी, दाङ, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची, रुकुम पश्चिम, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडी पनि उच्च जोखिममा छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ६ : ०३ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%