३ आश्विन २०८१, बिहिबार | September 19, 2024

वर्षाले काठमाडौं उपत्यकाको जनजीवन प्रभावित



काठमाडौं गएरातिदेखिको लगातारका वर्षाका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसमेत प्रभावित भएको छ । निरन्तरको वर्षाले काठमाडौं उपत्यका भएर बग्ने खोला, नदीमा पानीको सतह बढ्नाका साथै किनार र आसपासका बस्ती प्रभावित भएका छन् । वर्षाले मुख्य सडक जलमग्न हुँदा सडक यातायात प्रभावित बनेको छ ।

सिंहदरबार परिसरमा रहेका कतिपय मन्त्रालयको प्रवेशद्वार अगाडि पानी जम्दा असहज भएको छभने नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको कार्यालय परिसर जलमग्न भएको छ । रामशाहपथस्थित राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको कार्यालय भवनमा सेवाग्राही प्रवेश गर्न नमिल्नेगरी पानी जमेको छ । पानी जमेपछि कार्यालयले पानी तान्ने मोटर प्रयोग गरी धमाधम निकास सहज बनाइरहेको छ । अविरल वर्षाले कामकाजी कर्मचारी र सर्वसाधारण बढी मर्कामा परेका हुन् ।

वर्षाले उपत्यकाको ‘ट्राफिक’ पनि अस्तव्यस्त बनेको थियो । कार्यालय समयमा सवारीसाधन एक घण्टासम्म लामो जाममा परेका थिए । लगातारको वर्षाले बिहान १० देखि ११ बजेसम्म काठमाडौंका अधिकांश सडकमा ट्राफिक जाम भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । उनका अनुसार अहिले वर्षा रोकिएसँगै जनजीवन सामान्य बन्दै गएको छ । सवारीसाधनको जाम पनि हटेको छ । विशेषगरी करिडोरका सडकमा पानी जमेको, भद्रकाली, पुतलीसडक, पद्मोदय, माइतीघर र कुपण्डोल क्षेत्रको सडकमा पानी जमेकाले सवारी आवागमनमा अवरोध भएको ट्राफिक प्रहरीले जनाएको छ ।

लगातारको झरीले काठमाडौंका विभिन्न स्थानका सडक जलमग्न भए पनि सर्वसाधरण र सवारीसाधनलाई आवतजावतमा कठिनाइ भएको थियो । विशेषगरी काठमाडौंको कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, पुतलीसडक, जमल थापाथली, माइतीघरमण्डला, बबरमहल, नयाँ वानेश्वर, तीनकुने कोटेश्वर तथा ललितपुरका बालकुमारी, ग्वार्को, सातदोबाटो, कुपण्डोल, पुल्चोकलगायत क्षेत्रमा अत्यधिक जाम भएको ट्राफिक प्रहरीले जनाएको छ ।

वर्षाले सडक र चोकमा सर्वसाधारणको भीड देखिन्थ्यो भने दुईपाङ्ग्रे सवारीसाधनका यात्रु बढी मर्कामा परेका छन् । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेकाले आज र भोलि मनसुन सक्रिय भई भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशााले जनाएको छ ।

अहिले देशभर साधारणतया बदली रही सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले मौसम बुलेटिनमा उल्लेख गरेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  १२ : ४४ बजे

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज हर्षाेल्लासका साथ मनाइँदै

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश

बाँकेमा २ मोटरसाइकल ठक्कर खाँदा दुबै मोटरसाइकल चालकको मृत्यु

नेपालगन्ज । बाँकेका राप्तीसोनारी गाउँपालिकामा २ मोटरसाइकल ठोक्किँदा २ जनाको

प्रधानमन्त्री ओली शुक्रबार न्यूयोर्क जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित

लुम्बिनी प्रदेशसभा सचिवालयले विभेद गरेको टेलिभिजन प्रसारक संघको आरोप

बुटवल । लुम्बिनी प्रदेशसभा सचिवालयले सञ्चार माध्यमहरुलाई बिभेदपुर्ण ब्यवहार गरेको

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा २० प्रतिशतसम्म छुट

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले र्‍याडिसन होटलमा उपलब्ध हुने