३ आश्विन २०८१, बिहिबार | September 19, 2024

आम्दानीको बलियो स्रोत भुइँकटहर खेती



नवलपरासी । बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुली नगरपालिका-५ मा पर्ने बन्दीपुरका पाखाहरू अहिले भुइँकटहरले ढाकेका छन् । स्थानीयवासी भुइँकटहर टिपेर बजारसम्म पुर्याउन हिजोआज व्यस्त छन् । पहाडी क्षेत्रअन्तर्गत पर्ने यो गाउँका किसानका लागि भुइँकटहर आम्दानीको बलियो स्रोत बनेको छ ।

बन्दीपुरका तुलबहादुर फालमगरले करिब तीन हेक्टर पहाडी पाखोमा भुइँकटहर लगाएका छन । गत वर्ष खर्च कटाएर रु दुई लाख ५० हजार आम्दानी गरेका उनले यस वर्ष भुइँकटहर राम्रो भएकाले रु तीन लाख बढी आम्दानी हुने बताए । “गत वर्षभन्दा यस वर्ष राम्रो भुइँकटर फलेको छ, भाउ पनि राम्रो छ, यसपालि आम्दानी बढ्ने देखिएको छ”, उनले भने ।

भुइँकटरलाई वर्षमा एकपटक मात्र गोडमेल गरे पनि राम्रो आम्दानी लिन सकिने उनको अनुभव छ । रेखदेख राम्रो गरे फल पनि राम्रो लाग्ने उनले बताए । अन्य बाली लगाउँदा खासै केही नहुने पहाडी पाखोमा भुइँकटर आम्दानीको बलियो स्रोत बनेको उनले बताए । “यस पाखोमा अरु लगाएर खासै केही हुँदैनथ्यो, भुइँकटहरले राम्रो आम्दानी दिएको छ, माग पनि राम्रो छ”, तुलबहादुरले भने ।

अहिले भुइँकटर प्रतिगोटा रु ५५ देखि रु एक सयसम्ममा बिक्री गर्ने गरेको उनले बताए । भुइँकटर लिन व्यापारीहरू गाउँमै आउने गरेको उनले बताए । पहिले बन्दीपुरसम्म यातायातको सुविधा नहुँदा डोकोमा स्थानीय बजार पुर्याउनुपर्ने बाध्यता रहेकामा अहिले त्यो बाध्यता हट्नाले थप सुविधा भएको अर्का किसान होमबहादुर दिसुवाले बताए । गत वर्षसम्म बन्दीपुरसम्म यातायातको पहुँच नहुँदा बर्खामा भुँइकटहर बजार पुर्याउन समस्या हुने गरेकामा अहिले कालोपत्र सडक गाउँ पुग्दा बजारीकरणमा सुविधा भएको उनले बताए ।

गण्डकी प्रदेश सरकारको लागनीमा मुण्डे-कीर्तिपुर-बन्दीपुर सडक कालोपत्र भएपछि उत्पादन भएको भुइँकटर नारायणगढ, बुटवल, भैरहवासम्मका व्यापारीले गाउँमै आएर खरिद गरी लैजाने गरेको उनले बताए । एक हेक्टर क्षेत्रमा भुइँकटर लगाएका होमबहादुर यसको बिक्रीबाट आउने आम्दानीले घरखर्च चलाउन सहज हुने जानकारी दिन्छन ।

बन्दीपुरका करिब ४० घरपरिवार सबैले भुइँकटर लगाएका छन् । दुई याममा उत्पादन हुने भुइँकटहर यहाँका स्थानीयको आम्दानीको स्रोत बनेको छ । पाकेपछि सिधैँ बजारमा नगदमा बिक्री हुने हुँदा यसको खेतीमा यहाँका स्थानीयको आकर्षण बढेको छ । गत वर्षमात्र यहाँका किसानले करिब रु ५० लाख बराबरको भुइँकटहर बिक्री गरेको तुलबहादुरले बताए ।

देवचुली नगरपालिकाअन्तर्गत पर्ने बन्दीपुर गाउँमा राम्रो भुइँकटर उत्पादन हुने भएकाले यस गाउँलाई भुइँकटहरको पकेट क्षेत्र निर्माण गर्ने गरी चालु आर्थिक वर्षमा कार्यक्रम तय गरिएको देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले बताए । बन्दीपुरको भुइँकटहर बजारीकरणका लागि पालिकाले सहयोग गर्दै आएको र अन्य सङ्घसंस्थासँग मिलेर किसानलाई भुइँकटहरखेतीतर्फ आकर्षित गर्नेगरी काम गरिने उनले जानकारी दिए । भुइँकटरकै माध्यमबाट बन्दीपुरका स्थानीयको आर्थिक विकास गर्न सकिने भएकाले यसलाई लक्ष्यित गरी काम गरिने नगरप्रमुख न्यौपानेले बताए ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ९ : ०६ बजे

बाँकेमा २ मोटरसाइकल ठक्कर खाँदा दुबै मोटरसाइकल चालकको मृत्यु

नेपालगन्ज । बाँकेका राप्तीसोनारी गाउँपालिकामा २ मोटरसाइकल ठोक्किँदा २ जनाको

प्रधानमन्त्री ओली शुक्रबार न्यूयोर्क जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित

लुम्बिनी प्रदेशसभा सचिवालयले विभेद गरेको टेलिभिजन प्रसारक संघको आरोप

बुटवल । लुम्बिनी प्रदेशसभा सचिवालयले सञ्चार माध्यमहरुलाई बिभेदपुर्ण ब्यवहार गरेको

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा २० प्रतिशतसम्म छुट

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले र्‍याडिसन होटलमा उपलब्ध हुने

‘लोकतन्त्र र संविधान’ विषयक पोस्टर कला प्रदर्शनी

काठमाडौँ । संविधान र लोकतन्त्रको महत्त्व बढाउन नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको