३ आश्विन २०८१, बिहिबार | September 19, 2024

तेस्रो मुलुकका पर्यटकलाई गड्डाचौकी नाकाबाट भारत प्रवेश खुला



कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारत प्रवेशका लागि तेस्रो मुलुकका पर्यटकलाई खुला गरिएको छ । कोरोना सङ्क्रमणका बेला भारतले तेस्रो मुलुकका नागरिकलाई गड्डाचौकी नाकाबाट प्रवेशमा रोक लगाएको थियो ।

अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार गत मङ्गलबारदेखि सीमावर्ती बजार वनबासमा रहेको अध्यगमन कार्यालयले विदेशी पर्यटकलाई यो नाकाबाट प्रवेश अनुमति दिएको हो । यसअघि यो नाकाबाट विदेशी पर्यटक नेपाल भित्रिन मात्रै सक्थे भने यही नाकाबाट फर्किन पाउँदैनथे । आवागमन खुला भएपछि सात जना पर्यटक यो नाका भएर भारत प्रवेश गरेको अध्यगमन कार्यालय गड्डाचौकीका प्रमुख पदमराज भट्टले जानकारी दिए ।

“भारतको उत्तराखण्डका विभिन्न पर्यटकीयस्थलमा पुग्ने तेस्रो मुलुकका पर्यटक नेपालमा पनि घुम्न आउँछन्,” भट्टले भने, “कोरोनापछि भारतले यो नाकाबाट बाहिरिन दिने तर भित्रिन नदिने गरेका कारण तेस्रो मुलुकका पर्यटक नेपाल आउन बन्द भयो ।”

भारतीय अध्यगमन कार्यालयले विदेशी पर्यटकलाई आगमन अनुमति दिन थालेपछि यहाँका पर्यटन व्यवसायी उत्साही भएका छन् । “नजिकको दुरीमा रहेका ऋषिकेश, बद्रीनाथ र केदारनाथलगायत पर्यटकीय क्षेत्रमा पुग्ने पर्यटक नेपालमा पनि आउँछन् ।” यहाँका पर्यटन व्यवसायी जगदीशचन्द्र भट्टले भने, “यो हाम्रा लागि खुसीको कुरा हो । अब पक्कै पनि यहाँ आउने तेस्रो मुलुकका पर्यटक बढ्ने छन् ।” यसअघि भारतले भैरहवा नाकाबाट मात्रै विदेशी पर्यटकलाई प्रवेश अनुमति दिएको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ७ : ४७ बजे

इमान्दारितापूर्वक संविधान पालना गर्न सबैलाई प्रेरणा मिलोस् : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले लोकतन्त्रको मूल मर्म र नेपाली

म्यानचेस्टर सिटी इन्टर मिलानसँग बराबरीमा रोकियो

काठमाडौं । म्यानचेस्ट सिटीले युइएफए च्याम्पियन्स लिगमा औसत शुरुवात गरेको

बैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसका रूपमा मनाइने

काठमाडौं । नेपाल सरकारले प्रत्येक वर्षको वैशाख ७ गतेलाई राष्ट्रिय

मौलिक हकको अक्षरश : कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानमा उल्लेखित मौलिक हकसम्बन्धी सम्पूर्ण

च्याम्पियन्स लिगमा पिएसजीको विजयी शुरुवात

काठमाडौं । युइएफए च्याम्पियन्स लिगमा पिएसजीले विजयी शुरुवात गरेको छ ।