२८ मंसिर २०८२, आइतबार | December 14, 2025

हिंसात्मक प्रदर्शनका बीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले दिइन राजीनामा, देशबाट पलायन



काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले पदबाट राजीनामा दिएकी छिन् ।

आरक्षण र कोटा विरोधी विद्यार्थी आन्दोलन हिंसात्मक बन्दै गएपछि प्रधानमन्त्री हसिनाले आज पदबाट राजीनामा दिएकी हुन् । उनले राजीनामा दिएसँगै देश छोडेकी छिन् । देश छोड्ने क्रममा उनकी बहिनी शेख रहना पनि संगै गएकी छिन् ।

राजधानी ढाकामा हजारौं प्रदर्शनकारीले प्रधानमन्त्री निवासमा प्रवेश गरेका थिए ।
आरक्षण विरोधी आन्दोलन सोमबार थप चर्किएको छ । सो आन्दोलनका क्रममा सयौं प्रदर्शनकारीको मृत्यु भैसकेको छ ।

प्रधानमन्त्रीले देश छोडेपछि बंगलादेशी सेनाका प्रमुख जनरल वाकर जमानले सबै राजनीतिक दलका नेताहरुसँग पछिल्लो अवस्थाबारे छलफल गर्न लागेको बीबीसी बांग्लाले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ३ : ३४ बजे

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई