३ आश्विन २०८१, बिहिबार | September 19, 2024

मधेस प्रदेश सरकारले राष्ट्रिय झण्डा आधा झुकायो



जनकपुर । मधेस प्रदेश सरकारले शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधनको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाएको छ ।

गायक कामतको गत बिहीबार निधन भएको थियो । कामतको असामयिक निधनले स्तब्ध भएकाले सम्मानका लागि प्रदेश सरकारले आधा झण्डा झुकाउने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम आइतबार आधा झण्डा झुकाइएको मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिए ।

आज दिनभर आधा झण्डा झुकाएर सबै मन्त्रालयलाई कामकाज गर्न निर्देशन दिइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । शोक वक्तव्य जारी गर्दै मुख्यमन्त्री सिंहले भनेका छन, ‘गुरुदेवजीको साङ्गीतिक आराधना र उपासनाको यात्रा अत्यन्त कठिन र सङ्घर्षपूर्ण रहँदै आयो, तर पनि जीवनको कठोरतम् क्षणसँग लड्दै शास्त्रीय तथा सुगम सङ्गीत परम्परालाई थप सृजनात्मक र उत्कर्षोन्मुख बनाउन उहाँ लागिरहनुभयो ।’

सिरहाको पतारी गाउँपालिका-२ पोखरभिण्डास्थित आफ्नै निवासमा गायक कामतको निधन भएको थियो ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ३ : ०५ बजे

पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा

काठमाडौं । आश्विन शुक्ल पूर्णिमाको अवसरमा ‘येंया पुन्हिया मेय् प्वाः

यस्तो छ आजको मौसम

काठमाडौं । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र

ओमानसँग पनि नेपाल पराजित

काठमाडौं । नेपाल आइसीसी विश्वकप लिग-२ अन्तर्गत ओमानविरुद्ध पनि पराजित

संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज हर्षाेल्लासका साथ मनाइँदै

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश