२३ भदौ २०८१, आइतबार | September 8, 2024

विराटनगरमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि



विराटनगर । विराटनगरमा थप २५ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । कोसी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शनिबार बिहान थप २५ जनामा पोजिटिभ देखिएको हो ।

पोजिटिभ देखिएकामध्ये १७ जना पुरुष हुन् । बाँकी भने महिला रहेका छन् । विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार थपिएका संक्रमित ८ वर्षदेखि ६६ वर्ष उमेर समूहका छन् ।

महानगरपालिकाका अनुसार विराटनगर-१ मा १ जना, ३ मा ५ जना, ५ मा २ जना, ६ मा ५ जना, ८ मा १ जना, ९ मा २ जना, ११ मा १ जना, १३ मा १ जना, १५ मा १ जना, १६ मा ३ जना र १७ मा २ जना संक्रमित थपिएका हुन् ।

योसँगै विराटनगरमा संक्रमितको संख्या ४ सय ६७ पुगेको छ । संक्रमितमध्ये ६ जनाको मृत्यु भएको छ भने ७६ जना कोरोनामुक्त भएका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  १ : ४३ बजे

झाडा लागेर बाँकेको जानकी गाउँपालिकामा एक जनाको मृत्यु

बाँके । जानकी गाउँपालिकामा झाडाबान्ताका कारण एकजनाको मृत्यु भएको छ

चेपाङले मनाए छोनाम (न्वागी) पर्व

चितवन । सीमान्तकृत समुदायमा पर्ने चेपाङ समुदायले शनिबार छोनाम (न्वागी)

यस्तो छ आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

थारू समुदायको अटवारी पर्व : दिदीबहिनीका लागि व्रत लिएर मनाइँदै

कैलाली । पश्चिम तराईका थारू समुदायमा आज अटवारी पर्व मनाइँदैछ

लुम्बिनी प्रदेशका सभामुखले थारु भाषालाई सरकारी कामकाजीको भाषाको रुपमा अंगिकार गर्न पहल गर्ने

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले थारु भाषालाई