२८ मंसिर २०८२, आइतबार | December 14, 2025

बाढी नियन्त्रण गर्न पक्की पर्खाल निर्माण



बेनी । बेनी बजार र आसपासका क्षेत्रमा बाढी नियन्त्रण गर्न एक किलोमिटर ४४ मिटर लामो पक्की पर्खाल निर्माण भएको छ ।

रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले रु ५० करोडको लागतमा म्याग्दी, कालीगण्डकी र राहुघाट नदीको किनारमा कम्पोजिट, काउन्टर फोर्ट र ग्राभिटी प्रविधिको पर्खाल निर्माण गरेको हो ।

सङ्घीय सरकारले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा राखेको बेनी नगरपालिका र पर्वतको जलजला गाउँपालिकाका विभिन्न स्थानमा नदी नियन्त्रण गर्न काम थालेको थियो ।

“बेनी बजार संरक्षण आयोजनाअन्तर्गत आठवटा कम्पनीसँग सम्झौता गरेर निर्धारित समयमा नै काम सम्पन्न भएको परियोजनाका सूचना अधिकारी कृष्णबहादुर विश्वकर्माले बताए । बेनी बजार, गलेश्वर क्षेत्र, राममन्दिर र पर्वत बेनी आसपासका बस्तीलाई संरक्षण गर्न नदी नियन्त्रण आयोजना निर्माण भएको हो ।

आयोजनाअन्तर्गत रु नौ करोड ४५ लाखमा ठेक्का सम्झौता गरेको रौताह–बिएनबी कन्ट्रक्सन जेभीले बेनी नगरपालिका–८ स्थित कालीगण्डकी किनारमा एक सय ६४ मिटर लामो र आठ मिटर अग्लो काउन्टर फोर्ट र ग्राभिटी प्रविधिको पक्की पर्खाल निर्माण गरेको छ ।

आर्थिक वर्ष २०७८र७९ सम्झौता भएको सो ठेक्कामार्फत यसअघि कालीपुलको कालीगण्डकी किनारमा ८० मिटर पक्की र मङ्गलाघाटको म्याग्दी नदी किनारमा ४६ मिटर कम्पोजिट पर्खाल निर्माण भएको थियो । बेनी नगरपालिका–७ मङ्गलाघाटको म्याग्दी नदीको किनारमा दुईवटा प्याकेजमा दुई सय ६२ मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल निर्माण भएका हुन् । बेनी नगरपालिका–९ स्थित राहुघाट नदी किनारमा ११० मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल रु दुई करोड ६८ लाखमा बनेको हो ।

पर्वतको जलजला गाउँपालिका–२ राममन्दिर संरक्षणका लागि कालीगण्डकी नदी किनारमा १३८ मिटर लामो सोही प्रविधिको पर्खाल निर्माण भएको छ । यो योजना निर्माणका लागि रु चार करोड ३२ लाखमा ठेक्का सम्झौता भएको थियो । जलजला गाउँपालिकाको बगरफाँटमा कालीगण्डकी किनारमा ८५ मिटर लामो कम्पोजिट पर्खाल निर्माण भएको छ ।

यसैगरी, जलजला गाउँपालिका–३ वारीबेनीमा रु तीन करोड ५० लाखमा ८४ मिटर लामो पर्खाल भएको छ । बेनी नगरपालिका–२ स्थित बेनी–बागलुङ सडकको भसभसे पहिरो र म्याग्दी नदी कटान नियन्त्रणका लागि रु दुई करोड ३० लाखमा ७५ मिटर लामो पर्खाल निर्माण भएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  १० : ०९ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%