२८ मंसिर २०८२, आइतबार | December 14, 2025

काठमाडौंमा आज देखि यी कार्यहरु गर्न पाईने छैन, गरेमा कडा कारवाही हुने प्रशासनको चेतावनी



काठमाडौं। उपत्यकामा दिनदिनै कोभिड-१९ को संक्रमित थपिंदै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप संक्रमण फैलन नदिने भन्दैविभिन्न कार्यहरुमा निषेध गरेको छ।

गयराती १२ बजेबाट लागु हुने गरि प्रशासनले भाद्र १५ गतेसम्मका लागि काठमाण्डौमा ऐतिहासिक जात्रा, सामूहिक भेला तथा जमघट गर्न प्रतिबन्ध लगाएको छ । प्रशासले पुजामा नाममा जात्रा, कार्यक्रमका नाममा महोत्सव, बिरोधका नाममा जुलुस जस्ता कार्यहरु संचालन गर्न प्रतिबन्ध लगाएको हो ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक बिज्ञप्ति जारी गर्दै शुक्रवार राति १२ वजेदेखि भदौ १५ गते राती १२ वजेसम्म लागू हुने गरी काठमाडौं जिल्लाभर निषेधाज्ञा जारी गरेको जनाएको छ।

प्रशासनले सबै प्रकारका सभा, गोष्ठी, तालिम सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरजन स्थल, शैलून, ब्यूटी पार्लर, स्पा, स्विमिङ पुल, जिमखाना समूहमा खेलिने खेलकुद र खेल प्रस्तुति, पुस्तकालय, संग्रहालय, चिडियाखाना सञ्चालन गर्न पनि निषेध गरेको छ । रेष्टुरेन्टहरुलाई भने टेक अ वे का आधारमा सेवा दिन प्रशासनले भनेको छ ।

बिज्ञप्तिमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम यी गतिविधिहरु गर्न निषेध गर्ने गरी आदेश गरीएको उल्लेख गरिएको छ । सो आदेश विपरीतका कुनै गतिविधि भएमा सोही ऐन बमोजिम कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ।

प्रशासनले निषेध गरिएका गतिविधिहरु :

-खुल्ला स्थानमा मानिसहरु भेलारजम्मा हुन, भीडभाड गर्न, सभारजुलुस गर्न,

-भीडभाड हुने गतिविधि जस्तै जात्रा, महोत्सव सञ्चालन गर्न,
दैनिक हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक गतिविधिहरु,
उद्योग व्यापाररव्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलापहरु,

-चाडपर्व लगायतका धार्मिक, सांस्कृतिक कार्य गर्नका लागि हुने जमघटहरु,

-शैक्षिक संस्थाहरु सञ्चालन गर्न,

-सबै प्रकारका सभा, गोष्ठी, तालिम सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरजन स्थल, शैलून, ब्यूटी पार्लर, स्पा, स्विमिङ पुल, जिमखाना समूहमा खेलिने खेलकुद र खेल प्रस्तुति, पुस्तकालय, संग्रहालय, चिडियाखाना सञ्चालन गर्न,

-फुटपाथ, खुल्ला ठाउँ र ठेलागाडारसाइकलमा सञ्चालन हुने विभिन्न व्यवसाय, कवाडी संकलन गर्न,

-उद्योग व्यवसाय सञ्चालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिकरकामदारको ओसार पसार गर्न,

-‘टेक अ वे’ बाहेक होटलररेस्टुरेन्ट सञ्चालन गर्न।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ७ : ५७ बजे

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई