५ आश्विन २०८१, शनिबार | September 21, 2024

आन्तरिक राजस्व कार्यालय नेपालगन्जबाट उठेन लक्ष्य अनुसारको राजस्व



नेपालगन्ज । आन्तरिक राजस्व कार्यालय, नेपालगन्ज विगत २ वर्ष देखि लक्षित राजस्व असुल गर्न असफल देखिएको छ । ०७८/७९ मा १०४.८८ प्रतिशत लक्ष्य पूरा गरको आन्तरिक राजस्व कार्यालय नेपालगन्जले आव ७९/८० र आव ८०/८१ मा भने राजस्वको लक्ष्य प्राप्त गर्न असफल देखिएको छ ।

नेपालगन्ज कार्यालयले आव ०७८/७९ मा ५ अर्व २२ करोड लक्ष्य पाएकोमा त्यसलाई पूरा गर्दै ५ अर्व ४७ करोड राजस्व असुली गरेको थियो । त्यस यताको २ वर्ष भने नेपालगन्जबाट राजस्वको लक्ष्य प्राप्त हुन सकेको छैन । आव ७९/८० मा नेपालगन्जलाई ७ अर्व ९६ करोड लक्ष्य प्राप्त भएकोमा ५ अर्व ९२ करोड असुल गर्दै लक्ष्यको ७४.३८ प्रतिशत मात्र सफलता प्राप्त गर्न सफल भएको थियो । आव ८०/८१ मा पनि नेपालगन्जबाट लक्ष्य प्राप्त गर्न कार्यालय असफल देखिएको छ । आव ८०/८१ मा नेपालगन्जलाई बिभागले ७ अर्व ६९ करोडको लक्ष्य दिएको थियो । तर नेपालगन्ज कार्यालयबाट ६ अर्व ४४ करोड राजस्व संकलन गर्दै ८३.७२ प्रतिशतमा चित्त बुझाएको छ ।

विगत २ वर्षमा स्वास्थ्य सेवा शिर्शकमा लक्ष्य भन्दा धेरै राजश्व असुली भएकोमा गत आवमा भने स्वास्थ्य सेवामा समेत लक्ष्य हासिल गर्न कार्यालय असफल भएको छ । ०७८/७९ मा १८०३ प्रतिशत स्वास्थ्य सेवामा राजश्व असुलेको कार्यालयले आव ०७८/७९ मा १७६ प्रतिशत र गत आवमा ६६.३३ प्रतिशत मात्र राजश्व असुली गरेको देखिएको छ ।

बजारमा देखिएको आर्थिक शिथिलता र आर्थिक मन्दीका कारण लक्ष्य हासिल गर्न नसकिएको आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख सुदिश अर्यालले बताए । ठुला करदाताहरु बिभागबाटै भुक्तानी गर्ने र कारोबार बढ्ने घट्ने भएका कारण बिभागले तोक्ने लक्ष्यमा तलमाथी हुने गरेको बताउँदै अर्यालले आव ७९/८० मा लक्ष्यमा कमजोर देखिएपनि गत वर्ष तुलनात्मकरुपमा त्यसमा सुधार भएको बताए ।

प्रमुख अर्यालयका अनुसार नेपालगन्जमा सबै भन्दा बढी अन्तशुल्कबाट राजश्व असुली हुने गर्दछ । त्यसपछि भने आयकर र मुल्यअभिबृद्दी करबाट राजश्व उठने उनले बताए । सरकारले स्वास्थ्य सेवा कर खारेज गरेका कारण पुरानो बक्यौता मात्र उठ्ने गरका कारण स्वास्थ्य सेवा कर क्रमशः घट्दै जाने उनले स्पष्ट पारे ।

 

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ४ : ३५ बजे

मोहना र खुटिया नदीमा तटबन्ध निर्माण

कैलाली । मोहना र खुटिया नदीमा तटबन्ध निर्माण अन्तिम चरणमा

मुक्तिनाथमा दर्शनार्थीको घुइँचो

गण्डकी । प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा  केही दिनयता चहलपहल बढ्दै गएको

भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता

नयाँ दिल्ली । युद्धग्रस्त म्यानमाबाट नौ सय सन्दिग्ध आतङ्कवादी भारतको

ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा सहभागी

कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’

दाङ । लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले