७ पुस २०८१, आइतबार | December 22, 2024

बस खोज्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक फेला



चितवन । सिमलताल दुर्घटनामा बेपत्ता बसको खोजी गर्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक ९म्याग्नेट० फेलापरेको छ । बस खोजी गर्ने क्रममा गत शनिबार १९ किलोको चुम्बक र लाइफ ब्वाइ ट्युब त्रिशूली नदीले बगाएर हराएको थियो ।

उक्त चुम्बक आज बिहान काभ्रेघाटस्थित नारायणी नदीमा फेलापरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । चुम्बकसँगै लाइफ ब्वाइ ट्युब पनि फेला परेको उनले बताए ।

गत असार २८ गते वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा बेपत्ता भएको थियो ।

बसमा सवार ६५ जनामध्ये तीनजना हामफालेर बाँच्न सफल भएका थिए भने ६२ जना बेपत्ता भएका थिए । हालसम्म २४ जनाको शव भेटिएको छ । तीमध्ये १८ जनाको पहिचान खुलेर परिवारलाई बुझाइसकिएको छ । अन्य छ शवको पहिचान खुल्न सकेको छैन । अझै ३८ यात्रु र बस भेटिएका छैनन् ।

हराइरहेको बस खोज्न भारतीय टोली चितवन आएका थिए । उक्त टोलीले बस खोज्नका लागि १९ र १४ किलोका दुईवटा चुम्बक (म्याग्नेट) ल्याएका थिए । जसमध्ये शनिबार बस खोज्ने क्रममा १९ किलोको चुम्बक हराएको थियो । बस खोजी गर्नका लागि नेपाल आएको भारतीय टोली भने आइतबार नै फर्किसकेका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  १२ : ३१ बजे

चार केजी गाँजा र तीन लाख नगदसहित युवती पक्राउ

झापा । यहाँको बुद्धशान्ति गाउँपालिका-३ मा चार केजी प्रतिबन्धित लागुऔषध

रामेछापमा धमाधम जुनार बिक्री

रामेछाप । मन्थली र रामेछाप नगरपालिकाकाका विभिन्न वडामा जुनार पाकेर

मुग्लिन-काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने

चितवन । मुग्लिन-काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने

आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै

काठमाडौं । पुस महिनाको पहिलो आइतबार आज भगवान् सूर्यको पूजा

प्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान

काठमाडौं । इंग्लिस प्रिमियर लिगको साबिक बिजेता क्लब म्यानचेस्टर सिटीले