२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

नेवाः पुच बाँकेले नेपालगन्जमा गाईजात्रा मनाउने



नेपालगन्ज । बाँकेका नेवाः समुदायले यस वर्षपनि गाईजात्रा (सापारु) पर्व मनाउने भएका छन् । नेवाः समुदायमा दिवंगत भएका सदस्यहरुको सम्झनामा मनाईने गाईजात्रा यस वर्षपनि नेपालगन्जमा मनाइने भएको हो ।

नेवाःपुच बाँकेको आज बसेको कार्यसमिति बैठकले गाईजात्रा अर्थात सापारु धुमधानका साथ मनाउने निणर्य गरिएको पुचःका सचिव विवेक कुमार श्रेष्ठले बताए । पुचःका अध्यक्ष जितेन्द्र कुमार जोशीको अध्यक्षतामा आज बसेको बैठकले नेपालगन्ज्मा गाईजात्रा पर्वलाई भब्य बनाउन बाँके जिल्लाका सम्पुर्ण नेवाः गुठी, खलः, पुच तथा नेवाः संघ संस्थासंग सहकार्यका लागि आग्रह गर्ने निर्णय गरेकोे श्रेष्ठले बताए ।

बैठकले गाईजात्रा पर्व भब्य रुपमा सम्पन्न गर्न नेवाःपुच बाँकेका उपाध्यक्ष हरिश चन्द्र श्रेष्ठलाई संयोजक तोकेको छ । बाँके जिल्लामा नेवाः समुदायबाट अघिल्लो गाईजात्रा यता दिवंगत भएका परिवारलाई गाईजात्रा पर्व मनाउन नेवाः पुच वा आफुलाई सम्पर्क गर्न संयोजक श्रेष्ठले आग्रह गरेका छन् । नेपाली पञ्चाङ्ग पात्रो अनुसार यस वर्ष भदौ ४ गते मंगलबार गाईजात्रा (सापारु) परेको छ ।

यो नेवाः संस्कृतिबाट सुरू भएको जात्रा हो । नेपाली समाजमा गाइजात्रा व्यङ्ग्य गर्ने अवसरको रूपमा समेत परिचित छ । यस पर्वमा नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन् । यस दिन भजन कीर्तन पनि गरिन्छ । यो जात्रा नेपाल सम्बत अनुसार गुंलागाः पारु अथवा भाद्र शुक्ल प्रतिपदा अर्थात जनैपूर्णिमाको भोलिपल्ट पर्दछ । वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको यो पर्व नेवाः समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ३ : ४० बजे

होटल पौवाको बुटवल शाखामा आज साँझ सराँय नाच प्रस्तुत गरिँदै

बुटवल । नेपालीहरुको विभिन्न चाडपर्वमा परम्पराअनुसारका गतिविधिहरु गर्दै आएको होटल

देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ । बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ र

सङ्क्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोट प्रक्रिया विश्वसनीय बनाउन माग

काठमाडौं । जवाफदेहिता निरगानी समितिले सङ्क्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोटलाई

सेवा रेमिटको अनुमतिपत्र खारेज

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज